सुनिल थापा पनि अनमोलसँगै ‘क्याप्टेन’ मा देखिदै

काठमाडौं–
गतबर्ष ‘कृ’ फिल्मका कारण अत्याधिक चर्चामा रहेका युवा स्टारर अनमोल केसीको चर्चा यो बर्ष पनि ह्वात्तै बढेको छ । उनी यतिबेला आफ्नै पिताले निर्माण थालेको ‘क्याप्टेन’ का कारण निकै चर्चामा छन् । फिल्ममा मुख्य कलाकारको जिम्मेवारी पाएका अनमोलको यो निर्माणधिन फिल्म क्याप्टेन पनि निकै प्रतिक्षित बन्न पुगेको छ । केही दिन पहिले मात्रै फिल्म ‘एश्वर्य’ बाट चर्चा कमाउन सफल प्रशान्त ताम्राकार क्याप्टेनमा अनुबन्धित भएका थिए । पछिल्लो समय फेरि यो फिल्ममा चर्चित खलनायक सुनिल थापा पनि भित्रिएको बुझिएको छ । फिल्म निकट स्रोतले जनाए अनुसार फिल्ममा उनी केमियो भूमिका रहने छन् ।

आगामी भदौ ८ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको फिल्मलाई निर्देशक दीवाकर भट्टराईले निर्देशन गर्दैछन् । फिल्मको आइतबारबाट दोस्रो चरणको सुटिङ सुरु भएको छ । पहिलो चरणको सुटिङ भने गएको हप्ता इलाममा दुई दिन चलेको थियो । अहिले दमकको एक खेल मैदानको फिल्मको छायांकन भइरहेको छ ।
फिल्ममा उपासना सिंह ठकुरी र प्रियंका एमभीसँग अनमोलको स्क्रिनसेयर रहेको छ । पूर्वको एउटा सानो गाउँबाट राष्ट्रिय फुटबल खेलको विजेतासम्म बनेका एक युवकको संघर्षको कथा फिल्म ‘क्याप्टेन’ ले बोल्नेछ । फिल्ममा अनमोल पहिलो पटक गरिब युवाको भूमिकामा फुटवल खेलाडी भएर देखिदैछन् । फिल्ममा सरोज खनाल र हाँस्यकलाकार विल्सन विक्रम राई पनि मुख्य भूमिकामा रहेका छन् ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video