सरिताको नयाँ गीत ‘नेक्टस् टाइम’ बजारमा (भिडियो)

काठमाडौं – गायिका सरिता प्रजापतीले ‘नेक्टस् टाइम’ बोलको नयाँ गीत सार्वजनिक गरेकी छिन् । डान्सिङ बिटमा तयार पारिएको उक्त गीतले दर्शक, श्रोता नचाउनले सरिताले बिश्वास लिएकी छिन् ।

सांगीतिक यात्राको ७ बर्षिय करियरमा थुप्रै हिट आधुनीक तथा लोकपप गीत दिएकी सरिता स्टेज कार्यक्रममा खोजिने गायिका पनि हुन् । अहिलेसम्म ४ दर्जन बढी गीत रेकर्ड गराएकी उनका थारु, भोजपुरी र नेपाल भाषाका गीत समेत सार्वजनिक भएका छन् ।

सरिताले नयाँ गीत आकर्षक भिडियो सहित सार्वजनिक गरेकी हुन् । गीतमा गणेश श्रेस्ठको शब्द, अनिश श्रेस्ठको संगीत समेटिएको छ । भिडियोमा जाह्वी बस्नेत र मोहन तिमल्सिनाको अभिनय देख्न सकिन्छ ।
गीत गाएर मात्र नहुने त्यसको प्रचारका लागि भिडियो पनि बनाउनु पर्ने बाध्यता भएका कारण पनि भिडियो आफुले निर्माण गरेको गायिका सरिताले बताइन् ।
गीत हेर्नुसः

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video