सुनिल र प्रशान्तको ‘क्याप्टेन’ मा इन्ट्री, तर, को होला ‘मेन भिलेन ?’

काठमाडौं–
यतिबेला नेपाली सिनेजगतमा अभिनेता भुवन केसीले निर्माण गर्न लागेको नेपालली फिल्म ‘क्याप्टेन’ को निकै चर्चा–परिचर्चा बढेको छ । फिल्म ‘क्याप्टेन’ को चर्चा भुवन केसीको निर्माण तथा युवा स्टारर अमोल केसीको मुख्य अभिनयले मात्रै भएको भने होईन । हुन त अनमोलले अभिनय गरेका फिल्मको नेपाली सिनेबजारमा राम्रै चर्चा हुने गर्छ । अनमोलको अभिनय रहेका फिल्म निर्माण घोषणा भएदेखखि प्रदर्शन अवधिभर चर्चामा रहिरहे गर्छन् । केही समय अघि मात्रै अनमोलको अभिनय रहेको ‘कृ’ को चर्चा सेलाउन नपाउदै फेरि उनले काम थालेको आफ्नै पिताले निर्माण गर्न लागेको ‘क्याप्टेन’ को पनि चर्चा उतिकै बढेको छ । यो फिल्मको चर्चाको अर्को तथा पछिल्लो कारण भनेको हप्ता दिनको दौरान नेपाली सिनेमाका दुई खलपात्र सुनिल थापा र प्रशान्त ताम्राकारको फिल्ममा इन्ट्री भएको छ । उनीहरुको फिल्ममा इन्ट्रीको कारण पनि फिल्मको अलि बढी चर्चा हुन पुगेको छ ।

विगत लामो समयदेखि नेपाली सिने जगतमा खलपात्रको रुपमा एकछत्र राज गर्दै आएका केही बलउिड फिल्ममा अभिनय गरेर समेत चर्चा कमाएका सुनिल थापा तथा केही समय अघि प्रदर्शनमा आएको यो बर्षकै चर्चित तथा सफल चलचित्र ‘एश्वर्य’ बाट डेब्यु गरेका प्रशान्त ताम्राकारको फिल्ममा इन्ट्री हुनुले पनि फिल्मको चर्चा धेरै भएको हो । प्रशान्त त्यो पात्र हुन् जसको एश्वर्यमा भिलेनको रोल भएपनि हिरोको भन्दा ज्यादै चर्चा भएको थियो । यो फिल्मको भिलेनको भूमिकामा पहिले प्रशान्त ताम्राकार अनुबन्धित भएका थिए । लगत्तै फेरी नेपाली चलचित्रका डरलाग्दा भिलेन सुनिल थापा पनि फिmल्ममा भित्रिएका छन् । सुनिल थापाको पछिल्लो इन्ट्रीले फिल्ममा भिलेन सुनिल कि प्रशान्त ? भन्ने प्रश्न उठेको छ । यद्यपि, निर्माण युनिटले अहिले भिलेन को हो भन्ने बिषय गोप्य राखेको छ । फिल्म स्रोतले दिएको जानकारी अनुसार सुनिल राष्ट्रिय फुटबल प्रशिक्षकको भूमिकामा देखिने छन् ।केही दिन इलाममा यस अघि खिचिएको चलचित्रको दोस्रो चरणको छायाँकन आइतबारबाट सुरु भएको छ । दोस्रो चरणको छायाँकन दमकको एक खेल मैदानमा भइरहेको निर्माण युनिटले जनाएको छ ।
फुटबल खेलाडीको बिषयमा निर्माण हुन लागेको चलचित्रमा अनमोलको नव अभिनेत्री द्वय उपासना सिंह ठकुरी र प्रियंका एमभीसँग रोमान्स गर्नेछन् । पूर्वको एउटा सानो गाउँबाट राष्ट्रिय फुटबल खेलको विजेतासम्म बनेका एक युवकको संघर्षको कथा ‘क्याप्टेन’ले बोल्ने निर्देशक दिवाकर भट्टराइले बताए । फिल्ममा सरोज खनाल र हाँस्यकलाकार विल्सन विक्रम राई पनि चलचित्रको प्रमुख भूमिकामा रहेका छन् ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video