आर्यन र साम्राज्ञी अभिनित ‘कायरा’ को प्रदर्शन मिति पक्का

काठमाडौं–
लक्ष्मण रिजाल निर्देशित फिल्म ‘कायरा’ को रिलिज मिति घोषणा गरिएको छ । चकलेटी नायकको संज्ञा पाएका आर्यन सिग्देल र चर्चित अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह स्टारर फिल्मको रिलिज डेट साउन १८ गतेलाई तोकिएको हो । यतिबेला लण्डन तथा अष्ट्रेलिया रहेका साम्राज्ञी तथा आर्यन नेपाल फर्किए लगत्तै निर्माण टिमले एक गीत सार्वजनिक गर्दै फिल्मको औपचारिक रुपमा प्रदर्शन मिति घोषणा गर्ने तयारी गरेको बताईएको छ ।

पहिलोपटक स्कृन सेयर गरेका आर्यन र साम्राज्ञीको जोडीलाई पर्दामा हेर्न दर्शक आतुर रहेका छन् । गएको महिना ‘कायरा’ को सुटिङ सेटबाट यी दुईको एक रोमान्टिक तश्बिर बाहिरिएको थियो । त्यही सार्वजनिक तश्विरका कारण पनि दर्शकका लागि यो फिल्म प्रतिक्षित बनेको अनुमान छ । फिलिपिन्स र नेपालमा छायांकन भएको यस फिल्मको निर्माता आर्यन आफैं हुन् । यो फिल्मका लागि साम्राज्ञीले १० लाख पारिश्रमिक बुझेको चर्चा छ । लगातार आफू अभिनीत फिल्म बक्सअफिसमा असफल हुन थालेपछि आर्यनले आफ्नो करिअरमाथि उठाउन साम्राज्ञीलाई जोडीको रुपमा चुनेका हुन् ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video