‘तरकारीवाली’ को समेत अभिनय रहेको ‘लम्फू’ लाई यूनिभर्सल सर्टिफिकेट, देशभरका ८० हलमा प्रदर्शन हुने निश्चित

काठमाडौं–
भोलिदेखि प्रदर्शनमा आउन लागेको ‘लम्फू’ ले देशभरका ८० पर्दा पाएको छ । निर्देशक गोपालचन्द्र लामिछानेले राजधानी तथा मोफसलका मल्टिप्लेक्ससहित फिल्म देशैभररिलिज हुन लागेको जनाए । निर्माता शक्तिबल्दभ घोरासैनी भन्छनले फिल्मले पाएको ८० हल भनेको निकै राम्रो भएको जानकारी गराए । मल्टिप्लेक्स तथा सिंगल थिएटर सबैमा दर्शकले लम्फु हेर्न पाउने उनको भनाई छ ।

गीतसंगीत र कमेडी ट्रेलरका कारण चर्चामा रहेको फिल्म फिल्मले चलचित्र सेन्सर बोर्डबाट यूनिभर्सल सर्टिफिकेट पाएको छ । यो फिल्म जुनसुकै वर्गका दर्शकले हेर्न पाउनेछन् । फिल्ममा एक युवाको जीवनमा आईपर्ने विभिन्न उतारचढावको कथा समेटिएको छ ।
तरकारीवालीको नामले निकै चर्चा परिचर्चा कमाएकी कुशुम श्रेष्ठको समेत अभिनय रहेको यो फिल्ममा कबिर खड्का, मरिश्का पोखरेल, सलोन बस्नेत, चाँदनी शर्मा, सञ्जित भण्डारी, कुशाग्र भट्टराई (बालकलाकार), आयन खड्का, ओम गुरुङ्ग, अजित लामिछाने, सन्तोष कार्की, कुशल गुरुंग, काजोल, रश्मी भट्ट, जानुका पौडेल, पुष्प आचार्य, झलक कार्की, थमन सिंह पुर्जा लगायतको अभिनय रहेको छ ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video