‘छक्का पञ्जा– ३’ को छायांकन सुरु, यो पटक प्रियंकालाई छाडेर दीपिकासँग रोमान्स गर्दै दीपक (भिडियो)

काठमाडौं–
शुुक्रवार फिल्म ‘छक्का पञ्जा ३’ को शुभ मुहर्त सँगै छायांकन पनि शुभारम्भ गरिएको छ । भक्तपूरको सूर्यविनायक मन्दिरबाट फिल्मको मुहर्त गरिएको हो । यो फिल्मलाई दीपाश्री निरौलाले निर्देशन गर्ने भएकी छिन् । यो पटक यो टिममा लगातार रहदै आएकी र दीपकको जोडी भएकी अहिलेकी चर्चित अभिनेत्री प्रियंका कार्की दीपकको जोडीको रुपमा देखिने छैनिन् ।

यद्यपि, फिल्ममा उनी विशेष भूमिका रहने निर्देशक दीपाश्रीले जानकारी दिइन् । यो पटक दीपकले आफ्नै नामसँग मिल्दो जुल्दो नाम भएकी दीपिकासँग रोमान्स गर्दैछन् । यसमा दीपकराज गिरी, दीपिका प्रसाईँ, जीतु नेपाल, केदार घिमिरे, बुद्धि तामाङ, नीर शाह, किरण केसीलगायतका कलाकारहरुको अभिनय रहनेछ । त्यस्तै ‘छक्का पञ्जा–३’ मा अभिनेता पुष्प खड्काको पनि ईन्ट्री भएको छ । फिल्म दशैंको फूलपातीबाट देशभर प्रदर्शनमा आउँदैछ ।

जीतु नेपाल र केदार घिमिरे कार्यकारी निर्माता रहेको ‘छक्का पञ्जा’ को तेस्रो भागमा सुमन गिरी ‘भान्जा’, किरण केसी, शिवहरी पौडेल, पुरुषोत्तम प्रधान, तारा चन्द्र बजगाई, दीपेन्द्र खनियाँ र केशव न्यौपाने निर्माताको रुपमा रहेका छन् । यस फिल्मको गीतमा अर्जुन पोखरेल र दीपक शर्माको संगीत रहनेछ ।

अभिनेत्री दीपिका प्रसाईँले ‘छक्का पञ्जा’ टिमसँग जोडिन पाउँदा आफूलाई भाग्यमानी ठानेको बताइन् । यस्तै, निर्देशक दीपाश्री सम्पूर्ण टिमको मिहिनेतले फिल्म उत्कृष्ट बन्ने हुँदा आफू मात्र केही नभएको बताउँछिन् ।

दीपकराज आफैंले लेखेको कथामा बन्न लागेको फिल्ममा कविराज गहतराज र प्रविण सिंहको कोरियोग्राफी रहनेछ । त्यस्तै फिल्ममा रोशन श्रेष्ठको द्वन्द, पुरुषोत्तम प्रधानको छायांकन, दीपकराज गिरी, जीतु नेपाल, केदार घिमिरे, यमन श्रेष्ठको संवाद रहेको छ ।

भिडियो हेर्नुसः

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video