कर्णराजको ‘भाइरल भयो रे’ मा माला र नयनको रोमान्स (भिडियो हेर्नुस)

काठमाडौं–
गायक कर्णराज गीरीको ‘भाइरल भयो रे’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । एक दशक भन्दा बढी समयदेखी नेपाली सांगेतिक क्षेत्रमा रहनुभएका गायक कर्ण राजको ‘भाईरल भयो रे’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको हो ।
लामो समयदेखी नेपाली गीत संगितको क्षेत्रमा संगालेको अनुभव ‘भाईरल भयो रे’ मा समावेश गरेको छु ।’ गायक कर्ण राजले भने, ‘दर्शक स्रोताले मन पराइदिनुहुनेछ भन्ने विश्वास लिएको छु ।’

म्युजिक भिडियोमा माया पिरतीका साथै रमाईलो प्रसंग समेत उल्लेख गरिएको उनले जानकारी दिएका छन् । ‘भाईरल भयो रे’ मा माला लिम्बु र नयन डिसीले नृत्य गरेका छन् भने गु्रभी ब्वाइज समुहले साथ दिएको छ ।

नारायण बस्नेतको शब्द रहेको ‘भाईरल भयो रे’मा गायक आँफैले संगित भरेका छन् । म्युजिक भिडियोको निर्देशन नयन डिसीले गरेका छन् । ‘भाईरल भयो रे’ लाई गायकले आफ्नै युट्युव च्यानल ‘सिंगर कर्ण राज गिरि’बाट सार्वजनिक गरेका हुन् । यसअघि उनका ‘ह्याङ बनायौ’, ‘मरे आमा’, ‘पहलो नजर’,‘मन भित्रको माया’ लगायतका गितहरुलाई दर्शक स्रोताले निकै रुचाएका थिए ।
भिडियो हेर्नुसः

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video