‘छक्का पञ्जा– ३’ मा दीपक र दीपिकाको बाँधियो जोडी, दीपिकाले दीपकसँग जोडी बाँध्नुको रहस्य यस्तो (भिडियो/फोटोफिचर)

काठमाडौं–
शुुक्रवार भक्तपूरको सूर्यविनायक मन्दिरबाट फिल्म ‘छक्का पञ्जा ३’ को शुभ मुहर्तसँगै छायांकन पनि सुरु गरिएको छ । छायांकानको सुरुको दिन निर्देशक दीपाश्री निरौलादेखि निर्माता तथा मुख्य अभिनेता दीपकराज गिरी, अभिनेत्री दीपिका प्रसाईँ तथा कलाकार जितु नेपालले सञ्चारकर्मीसँग विभिन्न बिषयमा कुरा गरेका थिए ।

यो फिल्मलाई दीपाश्री निरौलाले निर्देशन गर्ने भएकी छिन् । तर, लामो समयदेखि दीपक र दीपाको टिममा बसेर लामो समयदेखि दीपकको जोडी हुँदै आएकी प्रियंका दीपकको जोडीमा नभएर बिशेष भुमिकामा देखिन लागेको निर्देशक दीपाश्रीले बताईन् । त्यति मात्रै होईन उनले एश्वर्य फिल्ममा आफ्नो छुट्टै छाप छोड्न सफल दीपिकालाई फिल्म खेल्नको लागि वेट घटाउन लगाएको पनि बताईन् ।

दीपिकाको उमेर र दीपकको उमेरको बारेमा चर्चा भएपछि दीपिकाले आफूले ४० कटेका हिरोहरुसँग खेल्न रुचाउने बताएकी थिईन् । यो पटक दीपकले आफ्नै नामसँग मिल्दो जुल्दो नाम भएकी दीपिकासँग रोमान्स गर्दैछन् । यसमा दीपकराज गिरी, दीपिका प्रसाईँ, जीतु नेपाल, केदार घिमिरे, बुद्धि तामाङ, नीर शाह, किरण केसीलगायतका कलाकारहरुको अभिनय रहनेछ । त्यस्तै ‘छक्का पञ्जा–३’ मा अभिनेता पुष्प खड्काको पनि ईन्ट्री भएको छ । फिल्म दशैंको फूलपातीबाट देशभर प्रदर्शनमा आउँदैछ ।

जीतु नेपाल र केदार घिमिरे कार्यकारी निर्माता रहेको ‘छक्का पञ्जा’ को तेस्रो भागमा सुमन गिरी ‘भान्जा’, किरण केसी, शिवहरी पौडेल, पुरुषोत्तम प्रधान, तारा चन्द्र बजगाई, दीपेन्द्र खनियाँ र केशव न्यौपाने निर्माताको रुपमा रहेका छन् । यस फिल्मको गीतमा अर्जुन पोखरेल र दीपक शर्माको संगीत रहनेछ ।

अभिनेत्री दीपिका प्रसाईँले ‘छक्का पञ्जा’ टिमसँग जोडिन पाउँदा आफूलाई भाग्यमानी ठानेको बताइन् । यस्तै, निर्देशक दीपाश्री सम्पूर्ण टिमको मिहिनेतले फिल्म उत्कृष्ट बन्ने हुँदा आफू मात्र केही नभएको बताउँछिन् ।

दीपकराज आफैंले लेखेको कथामा बन्न लागेको फिल्ममा कविराज गहतराज र प्रविण सिंहको कोरियोग्राफी रहनेछ । त्यस्तै फिल्ममा रोशन श्रेष्ठको द्वन्द, पुरुषोत्तम प्रधानको छायांकन, दीपकराज गिरी, जीतु नेपाल, केदार घिमिरे, यमन श्रेष्ठको संवाद रहेको छ ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video