‘बल्छि धुर्बे’ बाँधिए वैवाहिक जीवनमा, तर, को सँग ?

काठमाडौं–
हाँस्य कलाकार मरिचमान श्रेष्ठ ‘बल्छि धुर्बे’ वैवाहिक जीवनमा बाँधिएका छन् । ‘मेरीबास्सै’ का एक मुख्य कलाकार समेत रहेका ‘बल्छि धुर्बे’ शुक्रवार लमजुङ भोटेओडारकी करुणा खड्कासँग प्रेम विवाह गरेका हुन् । ६ वर्ष लामो प्रेमलाई बल्छि धुर्बे र करुणाले विवाहमा बदलेका हुन् ।

शुक्रबार काठमाण्डौको म्हेपी मन्दिरमा परम्परा अनुसार विवाह गरेका हुन् । बल्छिले मन्दिरबाट विवाह गरेसँगै आफ्नो गृहजिल्ला गोरखा लगेर घर भित्राएका हुन् ।आजभन्दा करिब ६ वर्ष अघि सिताराम कट्टेल ‘धुर्मुस’सँग लमजुङको एक कार्यक्रममा जाँदा करुणासँग चिनजान भएको बल्छि धुर्बेले बताए ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video