यस्तो देखियो ‘शत्रु गते’ को ५१ औं दिनको सेलिव्रेसन कार्यक्रम, दिलिपले ‘रुपै मोहनी’ मा कम्मर मर्काउदा आँचल र प्रियंकाको यस्तो उधुम (भिडियो/फोटोफिचर)

काठमाडौं–

प्रदिप भट्टराई निर्देशित तथा मह सञ्चारको निर्माण रहेको फिल्म ‘शत्रु गते’ ले सशान्दार ५१ औ दिन मनाएको छ । २०७४ सालको चैत ९ गतेबाट प्रदर्शनमा आएको फिल्म ‘शत्रु गते’ ५१ औं दिनमा प्रवेश गरेको हो ।

फिल्मले ५१ दिन मनाउन सफल भएको उपलक्षमा शनिवार साँझ एक कार्यक्रमका साथ फिल्म निर्माण टीमले सफलताकोे खुसी साटासाट गरेको छ ।

कार्यक्रममा बोल्दै बरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले सबै टिम तथा फिल्म ‘शत्रु गते’ लाई बधाई दिए । उनले फिल्ममा खेलेका कलाकार तथा टेक्निसियनले राम्रो गरिदिएकाले फिल्म चलेको भन्दै सबैलाई बधाई दिए ।

५१ औ दिनको खुसी साटासाट कार्यक्रममा बोल्दै फिल्मका निर्देशक प्रदीप भट्टराईले ‘शत्रु गते’ अझैपनि राजधानी भित्र र बाहिरका हलहरुमा प्रदर्शन भैरहेको बताए ।

भट्टराई निर्देशित फिल्म ‘जात्रा’ ले पनि ५१ औं दिन मनाएको थियो । निर्देशक भट्टराई आफूले निर्माण गरेका फिल्मले लगातार ५१ दिन मनाईरहदा खुशीले निकै गदगद देखिन्थे ।

निर्देशक भट्टराईले सफलताको सबै जस दर्शक, शुभचिन्तक र सञ्चारकर्मीलाई दिन चाहेको बताए । यस्तै, फिल्मका प्रस्तुतकर्ता किरण केसीले ५१ औं दिनमा पनि फिल्मलाई दर्शकको साथ कम नभएकोमा खुसी व्यक्त गर्छन् ।

भिडियो हेर्नुसः

कार्यक्रममा अभिनेता दिलिप रायमाझीको रुपै मोहनी बोलको गीतको सबैले दिल खोलेर प्रशंसा गरेका थिए । अभिनेत्री प्रियंका र आँचलले दिलिपको डान्सको हुटिङ समेत गरेका थिए ।

कार्यक्रममा वितरकको जिम्मेवारी पाएका गोपाल कायस्थले फिल्मको कूल कलेक्सन जोड्न बाँकी रहेको भन्दै फिल्मले प्रदर्शनको ५१ औं दिनसम्ममा १२ करोड ग्रस कलेक्सन जानकारी गराए ।

चौथो हप्तामा आफ्नो प्रदर्शन सुरु गर्दा फिल्मले१० करोड ग्रस कलेक्सन गरेको थियो । यसले ‘छक्का पञ्जा’ ले बनाएको १६ करोडको एतिहासिक रेकर्ड ब्रेक गर्ने अपेक्षा गरिएको थियो यद्यपि, सम्भावना भने निकै कम देखिएको छ ।
उनले यो फिल्म गोपीकृष्ण, अष्टनारायण, गुण, क्यूएफएक्स, बिग मुभिज, सिटीम्याक्स, बाराहीलगायतका हलमा ५१ औं दिनमा पनि हाउसफुल रहेको बताए ।

उनले व्यापारिक सफलताभन्दा पनि अत्याधिक दर्शक कमाइ गर्न सक्नु फिल्मको सुखद पक्ष रहेको बताए ।
गुण सिनेमा हलमा यस फिल्मले इतिहासमै सर्वाधिक कलेक्सन गरेको खबर छ । उक्त फिल्मले अष्ट्रेलियामा ४० र अमेरिकामा ५० शोसम्म पाउने नेपाली फिल्मको इतिहासमै यो पहिलो पटक हो ।

सामाजिक कथामा केन्द्रीत फिल्म विवाहमा बाधक बन्ने पात्रहरूको वरिपरि घुमेको छ । ‘शत्रु गते’ मा पल शाह, आँचल शर्मा, मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, दीपकराज गिरी, प्रियंका कार्की, दीपाश्री निरौला, शिवहरी पौडेल, रमेश रञ्जन झा लगायतका कलाकारको प्रमुख भूमिका छ ।

भिडियो हेर्नुसः

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video