सन्तोष र पूजाको प्रेमले पायो ‘पिजी’ प्रमाणपत्र

काठमाडौं–
जेठ १८ गतेदेखि प्रदर्शनमा आउने फिल्म ‘बेबी आइ लभ यू’ सेन्सर पास भएको छ । १६ वर्ष भन्दा कम उमेर समुहका दर्शकले यो फिल्मलाई अभिभावकको साथमा हेर्नुपर्नेछ । फिल्मले पिजी प्रमाणपत्र पाएको हो । फिल्ममा समावेश केही लागु औषधका दृश्यका कारण सेन्सरले पिजी प्रमाणपत्र दिएको निर्माता शिव न्यौपानेले बताए ।

‘सेन्सर सदस्यले फिल्म राम्रो भन्नु भयो’, निर्माता न्यौपानेले भने । जनक पाण्डे निर्देशित फिल्म ‘बेबी आइ लभ यू’ मा सन्तोष खड्गी र पूजा तिवारीको मुख्य भूमिका रहेको छ । सन्तोष र पूजासँगै ‘बेबी आइ लभ यु’ मा अभिनेता सरोज खनाल, निर्मल शर्मा, राजु कमेडी, रेशम बुढाथोकी, अप्सन पन्थील गायतको अभिनय छ । सुरज आचार्यको सिनेम्याटोग्राफी रहेको फिल्मको कथा नायक खड्काले नै लेखेका हुन् ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video