कमेडी संवादले भरिएको ‘चङ्गा’ को ट्रेलर सार्वजनिक, यस्तो देखियो ट्रेलर सार्वजनिक कार्यक्रम(भिडियो)

काठमाडौं–
कमेडी कलाकारको बाहुल्यता रहेको फिल्म ‘चङ्गा’ को अफिसियल ट्रेलर सार्वजनिक गरिएको छ । हाँस्यकलाकार किशोर भण्डारी (डिट्ठा साब) ले निर्देशन गरेकाले हुनुपर्छ फिल्म सार्वजनिक ट्रेलर भरी कमेडी संवाद सुन्न सकिन्छ ।
सोमवार राजधानीमा गरिएको ट्रेलर सार्वजनिक कार्यक्रममा फिल्म निर्माण टिम तथा कलाकारको सहभागीता रहेको थियो । सार्वजनिक ट्रेलरमा पैसा अभावका कारण दैनिक गोलमाल जीवन भोग्नुपर्ने पात्रहरुको जीवन देखाईएको छ । फिल्ममा कलाकार अंकित खड्का र लक्ष्मी वर्देवाको प्रेममा परिवार बाधक भएको देखाईएको छ । त्यस्तै, कलाकार वुद्दि तामाङ लाई एक सहकारीको अध्यक्षमा निर्वाचित भएपछि पैसाको चक्करमा लागेको देखाईएको छ ।
फिल्ममा वुद्दि तामाङ, कमलमणी नेपाल, अंकित खड्का, लक्ष्मी वर्देवा, राजन खतिवडा, जीवन भट्टराई लगायतका कलाकारहरुको मुख्य अभिनय छ । फिल्मा हाँस्य जनरामा आधारित भएर बनेतापनि पारिवारिक तथा सामाजिक कथा पनि बोकेको छ ।
ट्रेलर सार्वजनिक कार्यक्रममा बोल्दै निर्देशक किशोर भण्डारीले फिल्म वास्तविक कथामा निर्माण दाबी गरे ।
ट्रेलर सार्वजनिक  कार्यक्रम हेर्नुसः

यो फिल्म निर्देशनको हिसावले उनको डब्यु फिल्म समेत हो । फिल्मको कथा भण्डारी आफैंले लेखेका हुन् । ‘चङ्गा’ लाई प्रतिकात्मक रुपमा देखाउन खोजिएको फिल्ममा पैसाको समस्यापछि एक ग्रामिण भेगको युवकको जीवनमा आउने उतार–चढावलाई जोडिएको छ ।
त्यस्तै, कार्यक्रममा बोल्दै अभिनेता अंकित खड्काले ‘चङ्गा’ मा आफ्नो फरक भूमिका रहेको बताए । राजधानी बाहिर भएका कारण कलाकार कार्यक्रममा वुद्दि भने उपस्थित देखिएका थिएनन् । प्रदर्शन मिति जेठ २५ गतेलाई तय गरिएको यो फिल्मलार्य रविन आचार्यले खिचेका हुन् । कार्यकारी निर्माता प्रकु पाण्डे तथा निर्मात्री रेश्मा तिमल्सिना रहेको फिल्मको संगीत भने राजनराज शिवाकोटी र कमल खत्रीले गरेका हुन् ।
ट्रेलर हेर्नुसः

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video