आँचल को ‘त्यो पहिलो नजर’ मा लठ्ठिदै पासाङ्ग (भिडियो)

काठमाडौं–
गायिका एञ्जिला गौचनको ‘त्यो पहिलो नजर’ बोलको नयाँ गीतको भिडियो सार्वजनिक भएको छ । सोहन मानन्धरको शब्द तथा संगीत रहेको गीतको एरेञ्ज बिजेश्वर तण्डुकार तथा रेकर्डिङ राजेश्वर तण्डुकारले गरेका हुन् । आँचल शर्मा र पासाङ योञ्जन लामा फिचर्ड गीतको भिडियोलाई पासाङ्ग योञ्जन लामाले निर्देशन गरेका हुन् । प्रमोद शेर्चन र सोनाम वाङ्दी भुटिया निर्माता रहेको भिडयोमा कोरियोग्राफि भने सागर लोप्चनले गरेका हुन् ।

प्रविण श्रेष्ठको सम्पादन रहेको गीतको भिडियो भने ज्ञानेन्द्र शर्माले खिचेका हुन् । यो गीतको भिडियोमा ड्रोनको समेत प्रयोग गरिएको छ । उक्त ड्रोनलाई ओम प्रसाईंले चलाएका हुन् ।

निर्देशक लामाले उत्कृष्ट लोकेसनको चयन गरेका छन् । गीतमा देखाईएका उत्कृष्ट दृश्य तथा ड्रोनको प्रयोगले भिडियोलाई उत्कृष्ट हुन निकै मद्धत पुर्याएको छ । एञ्जिलाको कर्णप्रिय स्वर तथा सोहनको उत्कृष्ट शब्द संगीतमा आँचल र पासाङ्गको अभिनय निकै आकर्षक र लोभलाग्दो रहेको छ ।

भिडियो हेर्नुसः

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video