पारिश्रमिक नपाएको भन्दै अन्तरवार्तामै फिल्म ‘हैरान’ की निर्मातामाथि सत्यराज र शिशिर खनिएपछि (भिडियो)

काठमाडौं–
यतिबेला जेठ ४ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘हैरान’को सिनेनगरीमा निकै चर्चा–परिचर्चा रहेको छ । ८ वर्षको उमेरमा ‘लभ यू बाबा’ फिल्म निर्देशन गरेर गिनिज वर्ल्ड रेकर्डमा विश्वकै कान्छा निर्देशनको रुपमा नाम लेखाएका निर्देशक सौगात विष्टको निर्देशन रहेको फिल्म भएकाले पनि यो फिल्मको चर्चा अलि धेरै भएको हो । आउदो शुक्रबारबाट देशैभर प्रदर्शनमा आउन लागेको फिल्मले अहिले आफ्नो प्रचार प्रसारलाई पनि निकै आक्रामक बनाएको देखिन्छ । फिल्ममा गायक सत्यराज आचार्य र शिशिर भण्डारीलाई पनि देख्न सकिन्छ । फिल्मको प्रमोशन गर्ने उद्देश्यले एकै ठाँउमा भेट भएका कलाकार सत्यराज आचार्य, शिशिर भण्डारी, निश्मा घिमिरे, मोहमदवसिम राजा तथा निर्माता सृष्टी घिमिरेले सञ्चारकर्मीसँग फिल्म हैरानका बारेमा दिल खोलेर कुरा गरेका थिए ।

कलाकार सत्यराज आचार्यले पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा तथा शिशिर भण्डारीले पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईको डिठ्ठो क्यारिकेचर गर्दा अन्य कलाकार भने पेट मिचेर हाँसेका थिए । कलाकारको टिमले निकै रमाईलो कुराकानी गरेका थिए । सत्यराजले आफूले खेलेको चौथो फिल्ममध्ये यो फिल्ममा निकै फरक भूमिका रहेको बताए । त्यस्तै शिशिरले पनि आफूले निकै फरक भूमिका खेलेको बताए ।
तर, कार्यक्रममा सत्यराज र शिशिरले प्रोड्युसरकै अगाडी पारिश्रमिक नपाएको गुनासो गरेका थिए । कलाकारहरुले फिल्म छायांकनका बेला भएको रमाईलोलाई निकै राम्रोसँग सम्झिएका थिए ।

फिल्ममा सत्यराज आचार्य, गजित विष्ट, मोहमदवसिम राजा, सागर लम्साल, निश्मा घिमिरे, सरोज खनाल, बुद्धि तामाङ, पुष्कर रेग्मी, एन्जल राई, आरोही शर्मा लगायतको अभिनय छ । डान्स फेभरको ब्यानरमा निर्मित ‘हैरान’ मा मुक्ति घले, सृष्टि घिमिरे, डाक्टर वाई एल लामा निर्माता रहेका छन् भने सम्झना पोखरेल कार्यकारी निर्मात्री रहेकी छिन् । फिल्ममा कथा तथा कोरियोग्राफी गम्भीर बिस्ट, द्वन्द चन्द्र पन्त, संगीत सत्यराज आचार्य, स्वरूपराज आचार्य, किरण कँडेल, राजन इशान र सन्तोष श्रेष्ठको रहेको छ । फिल्मको डीओपी नवराज उप्रेती र छायाँकार निरज कँडेल रहेका छन् भने मित श्रेष्ठको मिक्सिङ र ब्याक ग्राउण्ड स्कोर, अनन्त घिमिरेको कलर र भीएफएक्स, प्रितम पाण्डेको सम्पादन रहेको छ ।
भिडियो हेर्नुसः

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video