केशवको ’यात्रा अ म्युजिकल भ्लग’ फ्लोरमा

काठमाडौं–
केहि दिन अगाडी राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै घोषणा गरिएको फिल्म ’यात्रा अ म्युजिकल भ्लग’ को छायांकन प्रारम्भ भएको छ । राजधानीको कमलादीमा रहेको गणेस्थानमा पुजा गर्दै फिल्मको छायाँकन प्रारम्भ गरिएको हो । फिल्मका निर्माता केशव भट्टराई र सुशील पोखरेल , निर्देशक सम्राट शाक्य , कलाकारहरु सलिनमान बनिया र सलोन बस्नेत , सिनेम्याटोग्राफर संजय लामाले पुजागर्दै त्यसपछि फिल्ममा समावेश हुने दृश्यको छायांकन भएको थियो । फिल्ममा निर्माताको रुपमा सुशील पोखरेल पनि जोडिएका छन् ।

प्राय एक्लै फिल्म बनाउने निर्माताको रुपमा चिनिने केशव र सुशील यसमा भने केहि दिन अगाडी मात्र जोडिएका हुन् । गणेस्थान वरपर र गहनापोखरी वरपर फिल्मको छायांकन गरिएको छ । डेब्यु फिल्म ’ए मेरो हजुर २’ मार्फत नै नोटिस भएका सलिनमान बनिया यसफिल्मका मुख्यकलाकार हुन् । फिल्ममा उनिसँगै सलोन बस्नेत , जान्वी बस्नेत , जय नन्द लामा , रेअर राई , प्रेक्षा बज्राचार्य , धिरेन शाक्य , राजाराम पौडेल , विशाल कटवाल , समृद्धि राई , योगेश जंग कुँवर , इश्वर पौडेल , नानीकाजी डंगोल , राजेश बिसुराल , इश्वर पौडेल , बिशाल पहाडी , प्रजोल भट्टराई , देशभक्तखनाल , कमल मैनाली , सौगातशर्मा लगायतको अभिनय रहनेछ ।

यसै फिल्म मार्फत मल्लिका महतले डेब्यु गर्दै्िछन भने यसमा विदेशी कलाकारहरु चाइनाका जुन झाङ र केन्याका बबीको पनि अभिनय रहनेछ । फिल्ममा बालकलाकारको रुपमा पछिल्लो समय युट्युबमा चर्चा रहेका अंकित संग्रौला र एन्जल राई रहेका छन् । फिल्मलाई जर्नी लभ स्टोरी भनिएको छ भने यसमा यात्राले ल्याउने परिस्थितिलाई देखाइनेछ ।

कोटकी कालिका देवीफिल्म्स प्राइभेट लिमिटेड र हरि ओम सिने मेकर्सको ब्यानरमा निर्माण हुने फिल्ममा केशव र सुशीलसँगै मुक्ति तिम्सिना र धर्मराज अधिकारी निर्माता रहेका छन् । यसै फिल्ममार्फत सम्राट शाक्यनिर्देशनमा डेब्यु गर्दैछन । दुई दशक अगाडी सहायक निर्देशक भइ यसक्षेत्रमा भित्रिएका सम्राटले मुख्य सहायक निर्देशक भइकाम गरेको फिल्महरु के यो मायाहो , मेरो लभ स्टोरी , कोहि मेरो , नोभेम्बर रेन , होमवर्क , छक्का पञ्जा , ऐश्वर्य , कृ लगायत चर्चा माथिए ।
फिल्ममा कथापनि सम्राटकै रहेको छ भने यसलाई उनिसँगै सुरेश न्यौपाने , प्रतिकपौडेल र शिशिर खातीले मिलेर लेखेका हुन् । फिल्मको मुख्य सहायकनिर्देशक सुरेशनै रहेका छन् भने यसलाई संजय लामाले खिच्नेछन् ।

फिल्ममा कविराजगहतराज र प्रविन सिंहको कोरोयोग्राफी , हिमाल केसीको द्वन्द , बनिशशाहको सम्पादन , आशिषपौडेलको कस्ट्युम डिजाइन , जटा शंकर गोसाईको आर्ट डिजाइन , निमालामाको मेकअप र अरुण रेग्मीको प्रोडक्सन डिजाइन रहनेछ । फिल्ममावरिष्ठ संगीतकार शम्भुजितबास्कोटाकोसँगै प्रतिकपौडेल र कोविदबज्रको संगीत रहनेछ । फिल्मको छायाँकन यहिँबैशाख २५ बाट सुरु हुनेछ भने यसको पब्लिसिटी डिजाइनर टौवाक्रिएसन रहेको छ ।
सलिनमानबनिया(पहिलो फिल्ममार्फत नै पाएको मायाको लागिदर्शक र मिडिया प्रतिआभारी छु । राम्रो कामगर्ने कोसिस जारि नै रहनेछ । पहिलो फिल्ममार्फत मैले टेक्निकल कुरा पनिबुझ्ने मौका पाए । यसको कथाले नै मलाइफिल्मगर्न प्रेरित गरेको हो । मलाइफिल्मको अफर आयो ,कथालिए र फ्याम्लीमा शेयर गरे । सबै ओके भएपछी म फिल्मगर्न राजीभएको हु । म यात्रागरिरहेको एक युवकको भूमिकामाफिल्ममा प्रस्तुतहुदैछु । डेब्यु फिल्मभन्दायसमा मेरो क्यारेक्टरमा फरक पाउनु हुनेछ ।

केशव भट्टराईः फिल्मको पुजा गर्दै केहि दृश्यको छायाँकन आज गरिएको हो । हामी रेगुलर शुटमा भने आउदो ७ गतेबाट जादैछौ । फिल्म मार्फत युवापुस्ताको प्रेम र मित्रतालाई नै देखाउदैछौ । फिल्मकथा राम्रो छ , यसैले हामीले निर्माण गर्दैछौ । सम्राट भोलिको दिनमा राम्रो निर्देशकमा पर्छ भन्नेमा म स्पष्ट छु । फिल्मलाई हामी यसैवर्ष प्रदर्शन गर्नेछौ भने शुटिङ आउदो २५ गतेबाट स्टार्ट हुदैछ ।

सुशील पोखरेलः फिल्मको कथा नै राम्रो भएकोले म निर्माणमा जोडिएको छु। केशव दाइ म भन्दा सिनियर हुनुहुन्छ र म पनि यस क्षेत्रमा अनुभव नै संगालेको हुनाले राम्रो हुन्छ भनेर सहकार्य गरेका हौ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video