एक्सन नायक शिव श्रेष्ठको फिल्म ‘एउटा यस्तो प्रेम कहानी’को टिजर सार्वजनिक (टिजर)

काठमाडौं–
पुराना अभिनेता शिव श्रेष्ठको फिल्म ‘एउटा यस्तो प्रेम कहानी’को अफिसियल टिजर सार्वजनिक भएको छ । अभिनेता शिव श्रेष्ठको निर्माण तथा उनकै प्रस्तुति रहेको फिल्मको पहिलो एक्सन टिजर सार्वजनिक गरिएको हो । अभिनेता श्रेष्ठले योसँगै फिल्मका अन्य टिजर पनि सार्वजनिक गरिने जानकारी गराए । मंगलबार राजधानीको क्यूज सिनेमा हलमा पत्रकार सम्मेलन गर्दै फिल्मको टिजर सार्वजनिक गरिएको हो।

आज सार्वजनिक टिजरमा अभिनेता शिव श्रेष्ठ, आयुष्मान देशराज जोशी, नरेन खड्का, संजोग राणा अभिनेत्री प्रियंका कार्की, वर्षा राउत लगायतका कलाकारहरुको एक्सन अवातार देख्न सकिन्छ।

यो पनि हेर्नुसः

त्यस्तै अन्य कलाकारहरु विष्णु चेम्जोङ, रेखा फागो, बसुन्धरा भुसाल, किरण केसी, मिथिला शर्मा, ध्रुव कोइराला लगायतका कलाकारहरुको पनि अभिनय छ। आज सार्वजनिक ट्रेलरमा डेब्यु नायक शक्ति श्रेष्ठ र नायिका कविता मानन्धरलाई भने प्रस्तुत गरिएको छैन। अभिनेता श्रेष्ठ स्वयमले लेखेको फिल्मालाई दिपेश सापकोटाले निर्देशन गरेका हुन्।

टिजर हेर्नुसः

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video