शिव श्रेष्ठले भनेः ‘भुवनको छोरा अनमोल भन्दा पहिले मेरो छोरा शक्ति फिल्म लाइनमा आएको हो’ (भिडियोसहित)

काठमाडौं–
पुराना एक्सन नायक शिव श्रेष्ठले आफ्नै लेखनमा नयाँ फिल्म ‘एउटा यस्तो प्रेम कहानी’ निर्माण गरेका छन् । मंगलबार उक्त फिल्मको टिजर सार्वजनिक कार्यक्रममा उनले निकै ठुलो सर्पराइज पनि दिए । पछिल्लो समय कलाकारहरुले आफ्ना सन्ततिलाई लिएर फिल्म निर्माण गर्ने अभियानमा शिव श्रेष्ठ पनि थपिएका हुन् । अभिनेत्री करिष्मा मानन्धरकी छोरी तथा आफ्नै छोरा शक्तिलाई फिल्म ‘एउटा यस्तो प्रेम कहानी’ मा स्कृन सेयर गराएको मंगलबार मात्रै सार्वजनिक भएको हो । फिल्म घोषणा कार्यक्रममा अभिनेत्री करिष्मा मानन्धरले आफूले एकदिन छोरीलाई फिल्ममा ल्याउने चाहना त भएको तर, अहिले केही सिकेर आउ भनिरहेको अवस्थामा यो फिल्म खेल्ने अबस्था आएको भन्दै खुशी व्यक्त गरिन् ।

त्यस्तै, करिष्मा पुत्री कवितले आफूलाई आफ्नी ममिले तिमी केही पछि यो क्षेत्रमा आउनुपर्छ भन्दा भन्दै शिव श्रेष्ठले विश्वास गरेकोमा धन्यावाद समेत व्यक्त गरिन् । त्यस्तै कार्यक्रममा बोल्दै अभिनेता शिव श्रेष्ठले आफ्ना पुत्र शक्ति तथा करिष्मा पुत्री कवितालाई फिल्ममा खेलाएको सार्वजनिक गरे । उनलाई सञ्चारकर्मीले भुवनले अनमोललाई फिल्म खेलाएको देखेर तपाईंले पनि छोरालाई खेलाएको हो भनेर प्रश्न गर्दा अभिनेता श्रेष्ठले निकै कुटनीतिग तरिकाले जवाफ दिए । उनले राजेश र भुवन आफ्नो निकै नजिकको साथी भएको तर, अनमोल भन्दा पहिले फिल्म ‘टाइगर’ बाट शक्तिले फिल्म यात्रा सुरु गरिसकेको बताए । भर्खरै अष्ट्रिेलियाबाट पढाई सकेर आएका शक्तिले कवितासँग स्कृन सेयर गरेका छन् । शक्ति र कविता पनि यो फिल्ममा छन् है भन्ने कुरा जानकारी गराउन आयोजना गरिएको कार्यक्रममा फिल्म ‘एउटा यस्तो प्रेम कहानी’ को एक्सन टिजर पनि सार्वजनिक गरिएको थियो । तर, शक्ति र कवितालाई भने उक्त टिजरमा देखाईएको छैन ।

भिडियो हेर्नुसः

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video