‘बेबी आइ लभ यू’ ले गर्यो म्युजिकल्ली कम्पिटिसन घोषणा

काठमाडौं–
फिल्म ‘बेबी आइ लभ यू’ ले म्युजिकल्ली कम्पिटिसनको घोषणा गरेको छ । पछिल्लो समय युवा पुस्तामा निकै हिट भैरहेको म्युजिकल्लीलाई फिल्म प्रचारमा ल्याएको हो । फिल्म बेबी आइ लभ यु मा समावेश संवादमा म्युजिकल्ली गर्न सकिनेछ । म्युजिकल्ली गर्ने उत्कृष्ट एकलाई टिमले नगद रकम सहित पुरस्कृत समेत गर्नेछ ।

निर्माता शिव न्यौपानेका अनुसार धेरै भ्युज पाउने एक जनालाई नगद पाँच हजार सहित फिल्मको दुई वटा फिल्मको टिर्सट पनि दिइनेछ । सन्तोष र पूजासँग गरिएको जनक पाण्डे निर्देशित बेबी आइ लभ यु मा सन्तोष खड्गी र पूजा तिवारीको मुख्य भूमिका रहेको छ । शिव न्यौपाने निर्मित फिल्म यही जेठ १८ गतेदेखि प्रदर्शनमा आउँदैछ ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video