आखिर के आरोप लाग्यो ऋषि धमलालाई त्यस्तो ? पुष्टी भए पत्रकारिता नै छोड्छु भन्नुपर्ने !(भिडियोसहित)

काठमाडौं–
पत्रकार ऋषि धमला सँधै विवाद तथा चर्चामा आउने पत्रकारका रुपमा चिनिन्छन् । कुनै पनि कार्यक्रममा क्यामेराको अघि नेतसँगै देखिने पत्रकार भनेर समेत चिनिने गर्छन पत्रकार धमला । नेपाली पत्रकार जगतमा ऋषि धमलालाई नचिन्ने पत्रकार सायदै होलान् । केही समय पहिले दुर्घटनाग्रस्त यूस बांग्लाको विमानकाबारेमा एउटा अन्तराष्ट्रिय टेलिभिजनले अंग्रेजीमा सोधेको प्रश्नको उत्तर नेपालीमा दिए भनेर ऋषि धमलाको सामाजिक सञ्जालमा निकै चर्चा परिचर्चा मात्रै होईन आलोचना समेत भएको थियो ।

उनको टेलिभिजनाबाट प्रशारण हुने ‘धमलाको हमला’ भन्ने कार्यक्रम पनि बेला बेलामा विवादित भैरहन्छ । पत्रकार अनुप भट्टराईले धमलालाई तपाईंलाई ‘र’ को एजेन्ट भनिन्छ नि भन्दा धमलाले त्यो आरोप पुष्टि भए पत्रकारिता नै छोड्ने उदघोष गरे । उनले आफ्नी श्रीमती आफू भन्दा १७ बर्ष कम उमेरी भएकी र फिल्म लाइनमा लागे पनि डिभोर्ष होला भनेर कहिले पनि नसोंचेको प्रष्ट पारे । उनले आफू आफ्नो नाकको बनोटकै कारण ऋषि धमला भनेर चिनिएको पनि दाबी गरे ।

भिडियो हेर्नुसः

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video