यो बर्षको चलचित्र पत्रकारिता सम्मान पाण्डे र लम्साललाई

काठमाडौं–
बुधबार बसेको चलचित्र पत्रकार संघ, नेपालको कार्यसमिति बैठकले ‘चलचित्र पत्रकारिता सम्मान तथा पुरस्कार – २०७५’ घोषणा गरेको छ । चलचित्र पत्रकार संघ कार्यसमिति बैठकले चलचित्र पत्रकार संघ नेपालका पूर्वउपाध्यक्ष तथा हाल रमाईलो टिभिका अध्यक्ष दयाराम पाण्डे र संघका सदस्य, नेपाल पत्रकार महासंघका पूर्वसचिव तथा हाल राजधानी दैनिकमा कार्यरत ध्रुव लम्साललाई चलचित्र पत्रकारिता सम्मान प्रदान गर्ने निर्णय गरेको जनाएको छ । संघले पाण्डे र लम्सालले चलचित्र पत्रकारितामा पुर्‍याएको योगदानको कदर गर्दै सम्मान गर्न लागेको जनाएको छ ।

त्यस्तै, संघका पूर्वउपाध्यक्ष तथा नयाँ पत्रिका दैनिकमा कार्यरत लक्ष्मण सुवेदी र संघकी सदस्य तथा टिभि फिल्मीमा कार्यरत सन्ध्या थापालाई चलचित्र पत्रकारिता पुरस्कार प्रदान गरिने भएको छ । संघका महासचिव अनिल यादवद्वारा हस्ताक्षरित विज्ञप्तिमा जनाए अनुसार चलचित्र पत्रकारितामा देखिएकोे सक्रियता र योगदानको कदर गर्दै सुवेदी र थापालाई पुरस्कृत गर्न लागिएको हो । पुरस्कार स्वरुप रु।२१ हजार नगद, ताम्रपत्र र ट्रफी प्रदान गरिनेछ । त्यस्तै, फिल्मीखबर डटकममा कार्यरत अञ्जान दाहाल (मनिष) पनि परस्कृत हुने भएका छन् । संघको १९ औं स्थापना दिवसको अवसर पारेर आगामी जेठ ७ मा सम्मान तथा पुरस्कार प्रदान गरिने संघले जनाएको छ  ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video