प्रदर्शनको संघारमा ‘हैरान’ को नयाँ गीत सार्वजनिक (भिडियो)

काठमाडौं–
आउदो शुक्रबार अर्थात् जेठ ४ मा नेपाली फिल्म ‘हैरान’ एक्लै रिलिज हुने भएको छ । पछिल्लो समय चलचित्र संघ र निर्माता संघको आन्दोलनको कारण उक्त डेटमा अन्य फिल्मले आउने घोषणा गरेका थिएनन् भने घोषित फिल्म पनि डेट सारेका थिए । तर वार्ता सफल भएपछी ‘हैरान’ मात्र रिलिज हुने एक्लो फिल्म देखिएको छ । शुक्रवार रिलिज हुने फिल्मले नयाँ गीत सार्वजनिक गरेको छ ।

सार्वजनिक ’दाग छैन अब जुनमा पनि’ मा चन्द्रमणि भट्टराईको शब्द , किरण कंडेलको संगीत र युबराज चौलागाई , इन्दिरा जोशी र अभिनेत्री निश्मा घिमिरेको स्वर रहेको छ । गीतमा गम्भीर विष्टको कोरियोग्राफी रहेको छ । गीतमा निश्मा र गजित विष्ट फिचर्ड छन् । ‘फिल्म रिलिज हुदैछ , वार्ताको सफलतापछी एउटा आश थपिएको छ’ निर्माता तथा कलाकार गजित विष्टले बताए । फिल्मको सार्वजनिक ट्रेलर , टिजर र गीतसंगीतको पाएको रेस्पोन्सले भने गजित उत्साहित छन् । ‘हाम्रो म्याटरलाई जसरि दर्शकले रुचाउनु भएको छ , यसले हामीलाई उत्साहित भने पक्कै बनाएको छ’ गजितले भने ।

विश्कै कान्छा निर्देशक सौगात विष्टको निर्देशनमा तयार भएको फिल्मलाई कमेडी र एक्सन जनरमा तयार पारिएको छ । डेब्यु फिल्म ‘लभ यु बाबा’ मार्फत नै सौगात विश्वका कान्छा निर्देशक घोषित भएका थिए । यिनै सौगात दोस्रो फिल्म लिएर आएका छन् । अघिल्लो फिल्ममा बाबु छोरी बीचको प्रेमलाई देखाइएको थियो भने यसपटक सामाजिक विषयवस्तुलाई समेटिएको निर्माण पक्षले जनाएको छ ।

फिल्ममा सत्यराज आचार्य , गजित विष्ट , मोहमद वसिम राजा , सागर लम्साल, निश्मा घिमिरे , सरोज खनाल , बुद्धि तामाङ , पुष्कर रेग्मी , शिशिर भण्डारी, एन्जल राई , आरोही शर्मा लगायतको अभिनय रहेको छ । मोडलिङमा रमाउदै गरेकी आरोही यसै फिल्म मार्फत डेब्यु गर्दै्छिन ।

डान्स फेभरको ब्यानरमा निर्मित फिल्ममा मुक्ति घले , सृष्टि घिमिरे , डाक्टर वाई एल लामा निर्माता रहेका छन् भने सम्झना पोखरेल कार्यकारी निर्मात्री रहेकी छिन । फिल्ममा कथा तथा कोरियोग्राफीमा गम्भीर बिस्ट , द्वन्दमा चन्द्र पन्त , संगीतमा सत्यराज आचार्य, स्वरूपराज आचार्य ,किरण कडेल , राजन इशान र सन्तोष श्रेष्ठ रहेका छन् । फिल्मको डीओपी नवराज उप्रेती र छायाँकार निरज कडेल रहेका छन् भने मित श्रेष्ठको मिक्सिङ र ब्याक ग्राउण्ड स्कोर , अनन्त घिमिरेको कलर र भीएफएक्स , प्रितम पाण्डेको सम्पादन रहेको छ ।
गीत हेर्नुसः

 

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video