चलचित्र निर्माता माधव वाग्ले २ करोड बढी नक्कली रुपैंया सहित पक्राउ (प्रहरीको विज्ञप्तिसहित)

काठमाडौं–
चलचित्र निर्माता माधव वाग्ले ठुलो परिणाममा नक्कली नोटसहित पक्राउ परेका छन् । बुधबार वाग्लेसहित ६ जनालाई प्रहरीले ठूलो परिणााममा नक्कली नोटसहित पक्राउ गरेको हो । उनीहरुबाट २ करोड ६० लाख ६३ हजार रुपैयाँ बराबरको नक्कली नोट बरामद गरिएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता मोहन कुमार थापाले जानकारी दिए ।

हाल छायांकनको भैरहेको चलचित्र ‘चंगा चेट’ को प्रयोगको लागी छापिएको नक्कली रुपैंया त्यही चलचित्रका प्राविधिकले एउटा होटलमा दिएपछि उक्त नोट प्रहरी सम्म पुग्यो र अनुसन्धान गदै जाँदा प्रहरी निर्माण वाग्ले सम्म पुगेको समाचारमा बताईएको छ ।

मंगलबार साँझ वाग्लेको कार्यलयमा छापा मार्दा प्रहरीले एक करोड नक्कली रुपैंया बरामद गरेको बताईएको छ । अहिले निर्माता वाग्लेलाई महाराजगंज प्रहरी प्रभागमा राखीएको छ ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video