निर्माता माधव वाग्लेलाई तत्काल रिहा गर्न नेपाल चलचित्र निर्माता संघको माग (विज्ञप्तिसहित)

काठमाडौं–
फिल्म निर्माता माधव वाग्लेलाई नक्कली नोटसहित प्रहरीले नियन्त्रणमा लिएको घटनाप्रति नेपाल चलचित्र निर्माता संघले आफ्नो गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । चलचित्र निर्माता संघका महासचिव रोज राणाद्वारा हस्ताक्षरित विज्ञप्तिमा चलचित्र छायांकनका लागि नक्कली नोट छाप्ने प्रचलन पहिलेदेखि रहदै आएको उल्लेख गरिएको छ ।

निर्माता संघले नेपाल सरकार तथा चलचित्र विकास बोर्डबाट चलचित्र निर्माणको इजाजत लिएर धमाधम चलचित्र शुटिङ भैरहेको अवस्थामा नोटमै प्रष्ट नक्कली नोट भनेर खुलाईएको अवस्थामा त्यस्ता नोट प्रयोग गरिनु निन्दनिय कार्य भएको उल्लेख छ । महासचिव राणले जारी गरेको विज्ञप्तिमा निर्माता राणलाई फसाउने नियत देखिएको उललेख छ । विज्ञप्तिमा ति नक्कल नोट चलचित्रको शुटिङ सकिए पश्चात नष्ट गर्ने प्रचलन रहेकाले संघका प्रथम उपाध्यक्ष समेत रहेका निर्माता वाग्लेलाई तत्काल रिहा गर्न माग गरिएको छ ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video