गिनिजबुकधारी निर्देशक सौगातको ‘हैरान’ एक्लै देशभरका ८० हल छिर्यो

काठमाडौं–
निकै प्रतिक्षित विश्वकै कान्छो निर्देशक सौगात विष्ट निर्देशित फिल्म ‘हैरान’ आजबाट हल छिरेको छ । प्राय जुधेर प्रदर्शनमा आउने नेपाली फिल्महरुमा पर्ने केही भाग्यमानी फिल्ममा हैरान पनि परेको छ । हरेक वर्ष सयभन्दा बढी फिल्म ठूला ब्यानर र स्टार कलाकारको अभिनय रहेका फिल्मले मात्र सोलो रिलिज पाउँछन् । हरेक हप्ता दुईभन्दा बढी फिल्मको भिडन्त अचेल सामान्य भइसकेको छ । तर, यो हप्ताको फ्राईडे रिलिज ‘हैरान’ ले भने देशैभर सोलो रिलिजको अवसर पाएको छ । पछिल्लो समय ‘शत्रु गते’ पछि नेपाली फिल्मले उल्लेख्य व्यापार गरेको अवस्था छैन । यतिवेला फिल्म ‘हैरान’ मा सबैको आशा ठोकिएको छ ।

यद्यपि, सोलो रिलिज पाएको यो फिल्मको व्यापार भने हेर्न बाँकी नै छ । यसअघि ‘हैरान’ सँग भिड्न तयार विपिन कार्की अभिनित ‘हरी’ को प्रदर्शन मिति सरेपछि यो फिल्म एकल प्रदर्शन पाउने भाग्यमानी बन्न पुगेको हो । देशभरका ८० बढी हलमा प्रदर्शनमा आएको फिल्मका निर्देशक विष्टको नाम गिनिज बुकमा समेत लेखिएको छ । यसअघि ‘लभ यू बाबा’ निर्देशन विष्टको पहिलो फिल्म व्यापारिक रुपमा सफल नभएपनि चर्चा भने राम्रै कमाउन सफल भएको थियो । अब ‘हैरान’ ले के कस्तो व्यवसाय गर्छ यो भने सबैको प्रतिक्षाको बिषय बनेको छ ।

डान्स फेभरको ब्यानरमा निर्मित ‘हैरान’ मा सत्यराज आचार्य, गजित विष्ट, मोहमदवसिम राजा, सागर लम्साल, निश्मा घिमिरे, सरोज खनाल, बुद्धि तामाङ, पुष्कर रेग्मी, एन्जल राई, आरोही शर्मा लगायत कलाकारको मुख्य अभिनय रहेको छ । कमेडी र एक्सन जनरमा निर्माण भएको फिल्ममा मुक्ति घले, सृष्टि घिमिरे, डाक्टर वाई एल लामा निर्माता रहेका छन् भने सम्झना पोखरेल कार्यकारी निर्मात्री रहेकी छिन् । गम्भीर विष्टको कथा तथा कोरियोग्राफी रहेको फिल्ममा द्वन्द चन्द्र पन्तको रहेको छ । फिल्ममा संगीत सत्यराज आचार्य, स्वरूपराज आचार्य, किरण कँडेल, राजन इशान र सन्तोष श्रेष्ठको रहेको छ । फिल्मको डीओपी नवराज उप्रेती र छायाँकार निरज कँडेल रहेका छन् भने मित श्रेष्ठको मिक्सिङ र ब्याक ग्राउण्ड स्कोर, अनन्त घिमिरेको कलर र भीएफएक्स, प्रितम पाण्डेको सम्पादन रहेको छ ।

 

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video