‘अनुराग’ को दोस्रो गीत रिलिज, ‘यस्तो साथी तिम्रो बन्छु म’ भन्दै एलिजा र समुन्द्रको रोमान्स (भिडियो)

काठमाडौं–
पत्रकार ऋषि धमलाकी पत्नी एलिजा गौतमको निर्माण तथा अभिनय रहेको फिल्म ‘अनुराग’को दोस्रो गीत सार्वजनिक भएको छ । सुगम पोख्रेल र अन्जु पन्त को स्वर रहेको ‘यस्तो साथी तिम्रो बन्छु म’ बोलको गीतमा एलिजा गौतम र समुन्द्र पण्डित फिचर्ड छन् । सत्यराज यस आर सी को शब्दमा सरोज पोखरेलको संगीत तथा महाराज थापाको एरेञ्ज रहेको छ । बिक्रम स्वारको कोरियोग्राफी रहेको भिडियोमा टेकेन्द्र शाहको सम्पादन रहेको छ ।

ऋषि राज धमला प्रस्तुतकर्ता रहेको फिल्मको भरत गौतम र गीता भेटवाल निर्माता रहेका छन् भने दिपक गौतम लाइन प्रोड्युसर तथा नबिन पुरी निर्माण नियन्त्रक रहेका छन् । सत्यराज चौलागाईंको निर्देशन रहेको फिल्मलाई राम कुमार के. सी.ले खिचेका हुन् भने भूपेन्द्र अधिकारीले सम्पादन गरेका हुन् । किरण दाहालको कथा रहेको फिल्ममा पटकथा/सम्बादः सत्यराज चौलागाईं र आगत के. सी. को रहेको छ ।
एरिका फिल्म्स् द्वारा निर्मित यस चलचित्रका मुख्य कलाकारहरुमा एलिजा गौतम , समुन्द्र पण्डित , ठिलेंन लामा , सरोज खनाल , रुपा राना , राजाराम पौडेल , शिशिर राना मोहोन निरौला बिस्व बस्नेत, कमल कान्त मैनाली, बिद्या भट्टराई , दावा लामा आदि रहेका छन् ।जेठ ११ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको यो फिल्मको यस अघि ‘कान्छा दाई गाना बजाई देउन’ बोलको गीत सार्वजनिक भएको थियो ।
गीत हेर्नुसः

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video