रातको १२ बजे पशुपतिमा भूत खोज्न हिँड्ने अर्पण र ऋचाको यस्तो छ अनुभव (भिडियो)

काठमाडौं–
जेठ ११ गतेदेखि प्रदर्शनमा आउन लागेको ऋचा शर्मा अभिनित हरर फिल्म ‘सुनकेसरी’ को यतिबेला प्रचार प्रसारले तिव्रता पाएको छ । अर्पण थापाको लेखन तथा निर्देशनमा निर्माण भएको यो फिल्ममा ऋचाको अभिनयसँग लगानि पनि रहेको छ । केही समय अघि ‘सुनकेसरी’ को ट्रेलर सार्वजनिक भएसँगै यो फिल्म कस्तो होला भनेर धेरैलाई कौतुहल्ता मात्रै बढेको छैन निकै प्रतिक्षित समेत बनेको छ । अर्पण र ऋचाको अभिनयले कतिपयले आजभोलि उनीहरुलाई भूत समेत भन्ने गरेका छन् ।

दुबैजना सँगै अन्तरवार्तामा सहभागी भएका थिए । ऋचाले त आजभोलि भन्दा पनि जेठ ११ गतेपछि झन् दर्शकहरु डराउने प्रतिक्रिया दिईन् । यतिबेला आफूहरु सञ्चारका विभिन्न माध्यमबाट फिल्मको प्रमोसनमा लागेको उनीहरुको प्रतिक्रिया छ । फिल्म चल्ने नचल्ने थ्रेट भन्दा पनि फिल्म बनाउने काम नै थे्रट भएको ऋचाको प्रतिक्रिया छ । उनले अहिलेसम्म बनेको हरर भन्दा यो फिल्म निकै फरक र राम्रो बनेको उनको भनाई छ । अभिनेत्री ऋचाले आफ्नो फिल्मको टिजर हेरेर आफू झल्यास्स भएको बताईन् ।

अभिनेता तथा निर्देशक अर्पणले अब यो जीवनपछि ऋचा साँच्चिककै भूत भएर आएपनि नडराउने बताए । उनीहरुले अन्तरवार्ताको क्रममा निश्चल बस्नेतदेखि प्रियंका कार्कीसम्मको भूतको क्यारिकेचर गरेका थिए । उनीहरुले फिल्म बनाउनु अघि पशुपतिमा रातको १२ बजेतिर पनि भूतको क्रियाकलाप हेर्न पुगेको बताए । उनीहरुले भूतलाई भेटेर के गर्ने के नगर्ने भनेर सोध्न मन लागेको समेत बताए ।
भिडियो हेर्नुसः

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video