मध्य रातमा ठेलामा मम बेच्दैको अवस्थामा भेटिए यी गायक, जसले संगीतको तिर्सना मेटाउन बेच्दैछन् मम (भिडियो)

काठमाडौं–
काठमाडौंको मुटु नयाँ बानेश्वरको पानी ट्यांकीको अगाडी रातको समयमा मम बेच्ने व्यक्ति सुमधुर स्वरका धनी पनि रहेछन् । सुमधुर स्वरका धनी कपिल पौडेललाई गायक बन्ने ठुलो रहर छ तर, उनी बाध्यताले अहिले रातभर बानेश्वर चोकमा मम, सेकुवा आदि बेच्न विवश छन् । उनी काठमाडौंबाट नजिकै रहेको चितवनबाट गायक बन्ने सपना बोकेर काठमाडौं छिरेको बताउछन् ।

मम बेच्ने चाहना नहुदा नहुदै पनि उनी यतिबेला आफ्नो संगीत साधनाको खर्च जुटाउन मम बेच्न बाध्य छन् । तर, उनी यसलाई हाँसी हाँसी आफ्नो भाग्यले यहाँ ल्याएको भनेर खुसीका साथ भन्छन् । हुन पनि त यो उनको भाग्य नै हो किनकि यहि भाग्यले उनले अहिले आफूले चाहेको संगीत सिक्ने खर्च जुटाउन सकिरहेका छन् ।

हेर्दा पनि सिनेमाको हिारे जस्तो देखिने कपिल घरबाट विदेश जान भनेर राजधानी आएको बताउछन् । तर, उनलाई संगीत सिकेर ठुलो गायक बन्ने सपनाले त्यो बाटो छेकिदियो ।

अहिले उनले नेपालका चर्चित गायक गायिकाहरुको स्वर रहेको गीतलाई डिठ्ठो गाईदिन्छन् । उनले बलिउडका हिन्दी गीत पनि निकै राम्रो तरिकाले गाउन सक्छन् । उनको लक्ष एउटा सफल गायक बन्नु नै छ । तर, उनलाई सँधै खड्किरहने बिषय भनेको आफ्नी आमासँग झ्ठ बोलेर यतिबेला सडकमा मम बेचेर संगीतको तिर्सना मेटिरहेका छन् ।

उनलाई लागेको छ यदि आफ्नी आमाले यो भिडियो हेरमा छोराले संगीत सिकेछ भनेर कुनै गुनासो गर्ने छैनिन्। उनले बोलेको झुठलाई समेत माफि दिने उनको विश्वास छ ।
भिडियो हेर्नुसः

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video