अब ‘तरकारीवाली’ काठमाडौंको एक टप कलेको विद्यार्थी, आफ्नै प्रेमीसँग कलेज जाने तयारी (भिडियो/फोटोफिचर)

काठमाडौं–
एकजना व्यक्तिले तरकारी बच्दै गरेको फोटो खिचेर सामाजिक सञ्जालमा राखिदिएपछि कुशुम श्रेष्ठ नाम गरेकी यूवतीको जीवनमा आमूल परिवर्तन आएको छ । कुशुमलाई जतिले चिन्थे उनीहरुले सायद उनलाई तरकारी बेच्ने यूवतीको रुपमा मात्रै चिन्थे ।

तर, जब, उनको फोटो सामाजिक सञ्जालमा भाइरल बन्यो त्यसपछि उनलाई कुशुम भन्दा पनि ‘तरकारीवाली’ भनेर धेरैले चिन्न थाले । त्यति मात्रैमा उनी सिमित भईनन् उनी नेपाली सिनेमाको हिरोईन समेत बन्न पुगिन् ।

यतिबेला उनै ‘तरकारीवाली’ अभिनित ‘लम्फू’ हलहलमा धुमधामका साथ चलिरहेको छ । एकातिर फिल्म चलेको छ भने अर्कोतिर कुशुमले नेपालकै चर्चित मेगा कलेजमा ब्याचलर समेत पढ्न पाउने भएकी छिन् ।

उनी यतिबेला दुईजना टियू टपरहरुका साथमा मेगा कलेजमा भेटिएकी थिईन् । उनी उक्त कलेजमा आफ्ना प्रमीको साथ लागेर पढ्न जाने भएकी हुन् । यो अवसर जुटेकोमा ‘तरकारीवाली’ निकै खुसी देखिन्थिन् ।

उनले अवसर जुटाईदिने फोटोपत्रकार जसले उनको तस्विर खिचेका थिए उनलाई धेरै धन्यावाद दिईन् । साथै फिल्म लम्फूको निर्माण टिमलाई समेत धन्यावाद दिईन् ।

भिडियो हेर्नुसः

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video