‘जय शम्भु’ को प्रदर्शन मिति भदौ १

काठमाडौं–
अभिनेता अनुप विक्रम शाही अभिनित फिल्म ‘जय शम्भु’ को प्रदर्शन मिति भदौ १ लाई तय गरिएको छ । यसअघि साउन १ गतेलाई रिलिज डेट टार्गेट गरेर फिल्म फ्लोरमा निस्किए पनि अहिले रिलिज डेट परिवर्तन गरिएको हो । प्रशान्त ताम्राकार स्टारर फिल्म ‘जय शम्भु’ को प्रदर्शन मिति अब अगामी भदौ १ गतेलाई तय गरिएको छ । फिल्म निर्माण टिमले वितरक गोपाल कायस्थसँग राजधानीभित्र र एफडि कम्पनीसँग राजधानी बाहिर प्रदर्शनका लागि सम्झौता समेत गरिसकेको छ ।

वर्षा सिवाकोटीको प्रमुख भूमिका रहेको फिल्ममा दुई स्टारर अनुपविक्रम शाही तथा प्रशान्त ताम्राकार आम्ने–साम्ने भएको चर्चाले फिल्म अहिले निकै प्रतिक्षित बन्न पुगेको छ । काठमाडौं र अन्नपूर्ण बेशक्याम्पमा खिचिएको यो फिल्ममा अनुप र प्रशान्तको अलवा रोशन महर्जन, करुणा पाण्डे, अनुपम श्रेष्ठ, बसन्त भट्ट, कालु राना लगायतका कलाकारहरुको पनि मुख्य अभिनय छ । रुपेश तामाङ निर्देशित फिल्म एक्सन लभस्टोरी जानरामा निर्माण भएको निर्माण टिमले जानकारी गराएको छ । हरि घलेको छायांकन रहेको फिल्ममा राजकुमार नगरकोटी र चक्र पाख्रिन कार्यकारी निर्माता हुन् भने निर्मातामा अरविन्द्र शाक्य रहेका छन् ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video