मलेसियामा हुने ‘तेश्रो नेपाली म्यूजिक भिडियो अवार्ड’को नोमिनेशन सार्वजिनिक, यस्तो छ गीत र कलाकर्मीको नाम (सूचीसहित)

काठमाडौं–
मलेसियामा आयोजना हुन लागेको ‘तेश्रो नेपाली म्यूजिक भिडियो अवार्ड’को लागि नोमिनेशन सार्वजनिक गरिएको छ । काठमाण्डौमा पत्रकार सम्मेलन आयोजना गर्दै आयोजकले नोमिनेशन सार्वजनिक गर्दै हरेक विधाका उत्कृष्ट ५ मा पर्न सफल कलाकर्मीलाई प्रमाणपत्र पनि वितरण गरेको छ ।संगिक्षा फिल्मस्को आयोजनामा हुन लागेको ‘तेश्रो म्यूजिक भिडियो अवार्ड’मा आधुनिक, पप, लोक, राष्ट्रिय भावनाले ओतप्रोत र फिल्मी गीतहरुको विधा समावेश गरिएको छ ।

मलेसियामा यसपटक भव्य रुपमा अवार्ड आयोजना हुने आयोजकले बताएको छ । यसअगाडि यूएइको अवुधावीमा २ पटक यो अवार्ड आयोजना भैसकेको छ ।कतिपय चर्चित गीतहरुका सर्जकले अवार्डमा भाग लिन नमानेका कारण पनि ती गीतहरु नोमिनेशनमा पर्न नसकेको आयोजकले स्पष्ट पारेको छ ।

मलेसियाको एसकेएस ब्राइट भेन्चर एसडीएन बीएचडीस“गको सहकार्यमा संगिक्षा फिल्मस्ले यो अवार्ड आयोजना गर्न लागेको हो । जुन १६ मा यो अवार्ड मलेसियामा आयोजना हुनेछ । संगिक्षा फिल्मस्का अध्यक्ष मनोज केसीले यसपटक मलेसियामा अवार्ड विशेष हुने बताए ।
यस्तो छ नोमिनेशनमा पर्न सफल गीत र कलाकर्मीको नामः


भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video