‘जय शम्भू’ रिलिज डेट सार्वजनिक हुँदा अनुप र प्रशान्तको १० हजारका लागि दरबार मार्गमा यस्तो लडाई (भिडियो)

काठमाडौं–
एक्सन मुभि ‘जय शम्भू’ को रिलिज डेट सार्वजनिक भएको छ ।आईतबार राति आयोजित एक प्रेस जमघटमा फिल्मका निर्माता दिनेश शाही र डिष्ट्रीब्यूटर जयन श्रेष्ठले फिल्मको रिलिज मिति अनाउन्स गरेका हुन । जानकारी अनुसार भदौं १ देखि यो फिल्म अल नेपाल रिलिज हुँनेछ ।

यस्तै हामीलाई दिएको जानकारी अनुसार निर्माता जयन श्रेष्ठको कम्पनी जे.एस. ईन्टरटेन्मेन्टले गोपालकाजी कायस्थको कम्पनी वि.के. फिल्मसंग सहकार्य गर्दै यहि फिल्मबाट डिष्ट्रीब्यूशनमा हात जयन श्रेष्ठ नेपाली फिल्म नगरीका नयाँ जोशिला युवा निर्माता हुन जसले यस अघि किग नामक फिल्म पनि बनाएका थिए ।

उनका अनुसार उनी र गोपाल काजी कायस्थको कम्पनीले आगामी फिल्महरुमा समेत सहकार्य गर्ने गरी फिल्म डिष्ट्रीब्यूशनमा हात हालेको हो ।जय शम्भूमा दुई चर्चित भिलेन प्रशान्त ताम्राकार र अनुप विक्रम शाही लिड रोलमा छन् । हिरोइन चाँहि बर्षा शिवाकोटी हुन । यस्तै यसै फिल्मबाट निकै राम्रो अभिनय गर्ने अभिनेत्री अञ्जु केसी महर्जनका छोरा रोशन महर्जनले पनि धमाकेदार डेब्यू गर्दैछन् ।

रुपेश तामाङको निर्देशनमा बनेको यस फिल्ममा प्रशान्त ताम्राकार र अनुप विक्रम शाहीलाई सशक्त तरिकाले प्रस्तुत गरिएको छ  ।
हेर्नुस् दश हजारका लागि दरबार मार्गमा भएको दुई भिलेनको लडाईको भिडियोः

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video