‘एकिकृत माझी नमुना बस्ती’ अवलोकनमा नायिका श्वेता, यसकारण गरिन निक्कै आनन्दको अनुभुती (फोटोफिचर सहित)

काठमाडौं–
अभिनेत्री श्वेता खड्काले फिल्म निर्माण र अभिनय मात्रै नभएर सामाजिक कार्यमा समेत हात हालेको सर्वविदितै छ । उनले श्वेताश्री फाउन्डेसनको नामबाट सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका– १४ को झोलुङ्गेस्थित माझी बस्तीमा एकिकृत नमुना बस्ती निर्माण थालेकी थिईन् ।

अभिनेत्री खड्काले आफ्ना स्वर्गीय पति तथा अभिनेता श्रीकृष्ण श्रेष्ठको नाममा खोलेको श्वेताश्री फाउन्डेसनले एकिकृत बस्ती निर्माण थालेको हो ।

फाउन्डेसनले भूकम्पपछि टहरामा बस्दै आएका माझी समुदायका लागि एक सामुदायिक भवनसहित ६३ घर निर्माण गर्न सुरु गरेको थियो ।

सोमबार अभिनेत्री खड्का आफूले थालेको एकिकृत बस्ती निर्माणको अवलोकनका लागि माझी बस्तीमा पुगेकी थिईन् । उनले सामाजिक सञ्जालमा बस्ती निर्माण हुँदै गरेको स्थानमा पुगेर खिचेका केही तस्विरहरु समेत पोष्ट गरेकी छिन् ।

आफूले पोष्ट गरेका तश्विरसँगै अभिनेत्री खड्काले एकिकृत बस्तीको भ्रमणले आफूलाई निकै खुसी लागेको उल्लेख गरेकी छिन् । उनले बस्ती निर्माणको काममा बिबिध कारणले ढिला भएपनि काममा गुणस्तर भएकोमा खुसी व्यक्त गरेकी छिन् ।

उनले लेखकी छिन् बस्ती निर्माणको काम हतारमा सकाएर साँचो हस्तान्तरण गर्नु भन्दा कामको दिगोपन, गुणस्तरियता र सुन्दरतामा ध्यान दिएको छ । उनले आफ्नो फेसबुक पेजमा लेखेकी छिन्, ‘हिजो माझी टोलको स्थलगत भ्रमण गर्दा एकिकृत बस्ती निर्माण को काम देख्दा निक्कै आनन्दको अनुभुती भयो ।

‘देर आए–दुरुस्त आए’ भने झै बस्ती निर्माणको काम विबिध कारणले ढिला भएता पनि काम निक्कै राम्रो भएको देखे । ‘हतारको काम लतार हुन्छ’ भन्ने सुनेकी थिएँ, त्यही भएर नै हामीले बस्ती निर्माणको काम चाँडो सकाएर समुदायवासीको हातमा साँचो हस्तान्तरण गर्न हतारिनु भन्दा पनि कामको दिगोपना,गुणस्तरीयता र बस्तिको सुन्दरतामा ध्यान दिएका छौ ।

बस्ती निर्माणका लागि कुनै संस्था बिशेषले अगुवाई गर्नु भन्दा पनि समुदायवासीकै अगुवाईलाई महत्व दिएका छौ ।

यो केवल एउटा बस्ती मात्रा होइन जिल्लाकै  नमुना बस्तीु बनाउने हाम्रो सोच अनुरुप समुदायवासीसंगको हात्तेमालोमा संचालित निर्माणको यो काममा केवल दोश मात्र देखाउने र आफ्नो कर्तब्य र जिम्मेवारीबाट विमुख बनेर नकारात्मक प्रचार प्रसार गर्नेहरुको सानो जमातलाई अहिले सहयोगी मनहरुको ठुलो भिडले एउटा राम्रो पाठ सिकाईरहेको छ ।

यो बस्ती निर्माणमा यत्तिखेर धेरै निजी क्षेत्र, सामाजिक संघसंस्था र समाजसेवी ब्यक्तित्वहरु जोडीन आउने क्रम जारी छ ।

म मेरो हृदय देखिनै मेरा सहयोगिहरुलाई हार्दिक स्वागत र अनगिन्ती धन्यवाद दिन चाहन्छु । आउनुस्, एउटा सफा, सुन्दर, शभ्य र सम्रिद्द बस्ती बनाउने यो अभियानमा सरिक होऔ ।’

त्यस्तै, अभिनेत्री खड्काले एकिकृत माझी बस्तीमा ५३ वटा घरको ट्वाईलेट तथा बाथरुमको लागि आवश्यक सामाग्रीहरु ट्वाइलेट प्यान, बेसिन, धाराहरु, एेना लगायत अन्य फिटिङ्गका सामान सहयोग गरी आफ्नो फाउन्डेसनसँग जोडिएको सि. एम. एस. ग्रुपलाई धन्यावाद समेत दिएकी छिन् । साथै उनले प्रशान्त अग्रवाललाई एकिकृत बस्ती निर्माणमा पुर्याएको योगदान तथा सहयोगका लागि पनि धन्यावाद दिएकी छिन् ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video