‘जाइरा’मा नम्रताको एक्सन अवतार, यस्तो देखिईन मार्शल आर्ट्स खेलाडीको लुक्समा (भिडियो/फोटोफिचर)

काठमाडौं–
मंगलवार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै फिल्म ‘जाइरा’ मा अभिनित कलाकारहरुको लुक्स सार्वजनिक गरिएको छ । फिल्ममा अभिनेत्री नम्रता श्रेष्ठलाई अहिलेसम्म देखिएको भन्दा विल्कुलै फरक अवतारमा प्रस्तुत गरिएको छ । प्राय फिल्ममा अभिनित कलाकारको लुक्स भिन्न शैलीमा सार्वजनिक गरिएको छ । नम्रता यसअघि धेरैजसो लभस्टोरी जनराका फिल्ममा देखिने गर्थिन् । हाल पोष्ट प्रोडक्शनमा रहेको यो फिल्ममा उनी एक मार्शल आर्ट्स खेलाडीको भूमिकामा देखिँदैछिन् ।

यसअघि पोष्टरमार्फत् कलाकारको लुक्स सार्वजनिक गर्ने परम्परा रहेता पनि ‘जाइरा’ का कलाकार फिल्मकै गेटअपमा उपस्थित भएका थिए ।अभिनेत्री नम्रताले फिल्मकै लागि भनेर कपाल छोट्याएकी छिन् । लुक्स सार्वजनिक कार्यक्रममा उपस्थित नम्रतालाई चिन्नै हम्मे हम्मे परेको थियो । डेब्यू गर्ल सृजना रेग्मी पनि खेलाडी लुक्समै उपस्थित थिइन् । यसमा सम्राट मगर, नम्रताको कोचको भूमिकामा छन् ।

निर्देशक आशुतोष राज श्रेष्ठको निर्देशनमा निर्माण फिल्ममा अनुप विक्रम शाही, रेमनदास श्रेष्ठ, प्रमोद अग्रहरी, सुजिता श्रेष्ठको पनि प्रमुख भूमिका रहेको छ । कल्याण सिंह, डिजे राजु र टम्ब्लीविडको संगीत रहेको यो फिल्ममा सम्राट बस्नेतको द्वन्द निर्देशन रहेको छ भने द्वन्द कोरियोग्राफी राउल मोक्तान र मेघवार चेम्जोङको छ । आगामी मंसिर १४ गतेबाट देशभर प्रदर्शनमा आउने तयारीमा रहेको फिल्मको नृत्य निर्देशक हुन् केशव थापा हुन् ।

एक्सन जनरामा निर्माण भएको फिल्मका लागि अभिनेत्री श्रेष्ठले ५१ बाट ४३ केजी तौल बनाएकी छन् भने आफ्नो लोभलाग्दो कपाल पनि छोट्याएकी छिन् । सबै कुरा नेचुरल देखियोस् भनेर तौल घटाएको , कपाल काटेको तथा ६ महिना एक्सन सिकेको नम्रताको भनाई छ । उनले भनिन् ‘अब मैले कति मेहनत गरेको छु त्यसको मुल्यांकन गर्ने जिम्मा दर्शकलाई सुम्पिन्छु ।’ नम्रताले फिल्म करियरमै पहिलोपटक फरक भूमिकामा देखिन पाउदा खुसी समेत व्यक्त गरिन् । नम्रता र सृजना फिल्ममा आम्ने–साम्ने देखिएका छन् ।

ट्रेन्ड सिटर्स प्रा.लि. र हाईलीहाईको ब्यानरमा निर्मित यो फिल्मको कथा स्वयम् निर्देशक श्रेष्ठले नै लेखेका हुन् । प्रशन्न गोपाली कार्यकारी निर्माता रहेको फिल्ममा लोकेश बज्रचार्यले सम्पादन, गरेका हुन् भने निर्देशक श्रेष्ठ र निरोज महर्जनले स्क्रिप्ट तयार पारेका हुन् ।

भिडियो हेर्नुसः

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video