शुक्रबारदेखि सोलो प्रदर्शनमा आउन लागेको ‘सुनकेसरी’ को खुल्यो बुकिङ

काठमाडौं–
अर्पण थापा निर्देशित फिल्म ‘सुनकेसरी’ यही शुक्रवारबाट सोलो रुपमा रिलिज हुँदैछ । निर्माण टिमले जनाए अनुसार फिल्म ‘सुनकेसरी’ अहिलेसम्म नेपालमा बनेका हरर फिल्मभन्दा स्तरिय र फरक रहेको दाबी छ । फिल्म रिलिजको संघारमा निर्देशक थापा र अभिनेत्री ऋचा शर्मा चितवन पुगेका छन् । अभिनेत्री ऋचाले आफूहरुले निकै रिक्स मोलेर फिल्म निर्माण गरेको जानकारी गराईन् ।

उनले कथाको माग अनुसार नेपालमा लोकेशन अभाव भएकाले अष्ट्रेलियामा सुटिङ गरिएको जनाईन् । अभिनयको हिसाबले पनि आफ्ना लागि ‘सुनकेसरी’ च्यालेञ्जिङ रहेको उनको भनाई छ । उनले भनिन्ः ‘मैले हरेक नयाँ फिल्ममा फरक फरक भूमिका निभाएको छु । यसमा त झन् पूरै फरक छ ।’

अभिनेता समेत रहेका निर्देशक थापाले समेत ‘सुनकेसरी’ आफ्ना लागि पनि चुनौतीपूर्ण रहेको बताए । एउटा उच्च स्तरिय फिल्म बनाउने कोशिश गरेको भन्दै उनले यो फिल्म राम्रो चले नेपालमा स्तरिय हरर फिल्म निर्माणको बाढी नै आउने प्रष्ट बताए । यदि त्यसो हुन नसकेको खण्डमा अझै ७–८ वर्ष हरर जनराका फिल्म नै नबन्ने उनको तर्क छ ।
उनले फिल्म चल्ने वा नचल्ने भन्ने कुरा दर्शकको सोचमा भर पर्ने जनाए । उनले भने, ‘मनोरञ्जन लिन हल जाने दर्शकलाई ुसुनकेसरीु मनपर्छ तर हरर फिल्म हो मलाई तर्साउन सक्छ कि सक्दैन भन्ने सोचका साथ गएमा मन नपर्न सक्छ ।’

यो फिल्ममा ऋचासँगै भीम न्यौपाने, रबिन्द्र झा, सुनिल पराजुली, तमन्ना शर्मालगायतका कलाकारहरुको मुख्य अभिनय छ । अष्ट्रेलियामा बस्दै आएका भीम न्यौपानेसँगको सहकार्यमा ऋचाले यो फिल्म निर्माण गरेकी हुन् ।

उक्त फिल्ममा अष्ट्रेलियन दरबार बुटिक होटलका पहिलो पाहुना र भुतप्रेतबीचको गतिविधीलाई मुख्य कथा बनाइएको छ । फिल्ममा शर्मिला सापकोटा र धर्मराज अधिकारी सह–निर्माताको रुपमा छन् भने कार्यकारी निर्माताको रुपमा मनोज अधिकारी छन् ।

फिल्ममा कालीप्रसाद बाँस्कोटा र विजय अधिकारीको संगीत, रह शर्माको छायांकन र इयान स्कट क्लेमेन्टको सम्पादन छ । फिल्म १ करोड ३० लाखको लागतमा निर्माण भएको हो ।

खुल्यो ‘सुनकेसरी’ को बुकिङ

फिल्मको बुधवार साँझबाट मल्टिप्लेक्समा बुकिङ खुल्ला गरिएको छ । सोलो रिलिजको लोट्री लागेको यस फिल्मले हलिउड र बलिउड फिल्मभन्दा पनि क्यूएफएक्स अन्तर्गतका हलमा उच्च शो पाएको छ ।

शुक्रवारबाट प्रदर्शनमा आउन लागेका हलिउड फिल्म सोलो स् अ स्टार वार्स स्टोरी १० शो र बलिउड फिल्म बाइस्कोपवाला २ शोमै खुम्चिन बाध्य हुँदा ‘सुनकेसरी’ ले भने १५ शो हात पारेको छ ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video