‘बाबु कान्छा’को पोष्टरमा सलोन र करिश्मा यस्तो अवतारमा

काठमाडौं–
सलोन र करिश्मा अभिनित फिल्म ‘बाबु कान्छा’ को रिलिज मिति घोषणासहित पोष्टर सार्वजनिक गरिएको छ । निर्माण टिमले असार २९ गतेलाई फिल्मको औपचारिक प्रदर्शन मिति घोषणा समेत गरेको छ  ।  आज एक पोष्टरमा करिश्मासँग सलोन रोमान्टिक मूडमा देखिएका छन् । त्यस्तै सार्वजनिक अर्को पोष्टरमा भने फिल्मका कलाकारले करिश्मालाई बोकेका छन् ।

निर्देशक शोभित बस्नेतको निर्माण तथा निर्देशन रहेको फिल्ममा सञ्चारकर्मी रबि अधिकारी कार्यकारी निर्माता रहेका छन् भने सन्तोष राज भण्डारी र सुरज घिमिरे सह–निर्माताको रुपमा छन् । ययो फिल्ममा सलोन बस्नेत नीर शाह, सरोज खनाल, राजाराम पौडेल, लय संगौला, करिष्मा श्रेष्ठ, ऋतिक शाही, सम्राट सापकोटा, मञ्जु पौडेललगायतको अभिनय रहेको छ । अश्लिन ज्ञवाली र ज्योत्सना महर्जनका लागि यो डेब्यू फिल्म पनि हो ।

अष्ट महर्जनको द्वन्द, गौतम राज खड्काको सम्पादन, टंक बुढाथोकीको संगीत रहेको फिल्ममा बाबु श्रेष्ठ र कृष्ण श्रेष्ठको छायांकन रहेको तथा रामजी लामिछाने र दिपेन्द्र तिमिल्सेनाको कोरियोग्राफी रहेको छ ।
‘कर्णवीर’ को ‘चन्द्रमा झैँ राम्री छौ’ गीतलाई ओम सुनारले रिमिक्स गरेका छन् । पछिल्लो समय युूवा स्टारर सलोनको क्रेज बढेकाले फिल्मलाई फाइदा पुग्ने निर्माण टिमको विश्वास रहेको छ । ‘ए मेरो हजुर २’ पछि सलोनको क्रेज सिनेबजारमा ह्वात्तै बढेको छ ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video