‘रोमियो एण्ड मुना’को नयाँ गीत सार्वजनिक, विनयलाई ‘पल पल’ सम्झदै सृष्टि (भिडियो)

काठमाडौं–
विनय श्रेष्ठ र अभिनेत्री सृष्टि श्रेष्ठ अभिनीत फिल्म ‘रोमियो एण्ड मुना’ को नयाँ गीत सार्वजनिक भएको छ । निकै फरक शैलीमा तयार पारिएको ‘पल पल’ बोलको गीतमा सृष्टि र विनय फिचर्ड छन् । उक्त गीतमा विश्व शाहीको शब्द संगीत तथा सुक्मित गुरुङको आवाज रहेको छ । विश्व प्रख्यात चित्रकार विन्सेन्ट भेन गोघद्वारा निर्मित चित्रमा बुनिएको भिडियोमा राजिव समर र नरेश कुमार केसीको कोरियोग्राफी रहेको छ ।

साउन ११ गतेलाई नयाँ प्रदर्शन मिति तय गरिएको फिल्ममा विनय र सृष्टिको अलवा प्रज्वल सुजल गिरी, सुष्मा कार्की, सुरक्षा पन्त लगायतका कलाकारहरुको पनि अभिनय छ । फिल्ममा लोकेन्द्र बज्रचार्यको सम्पादन, गौरव डागोन्कर, कोशिश क्षेत्री, कालीप्रसाद बाँस्कोटा र अर्लको संगीत, प्रताप सिंह, रेनशा राई, राजिव समरको कोरियोग्राफी रहेको छ ।

प्रसन्न गोपाली, राम शर्मा, कविन शाक्य र नायक विनय श्रेष्ठले संयूक्त रुपमा निर्माण गरेको यो फिल्ममा शहरिया युवा र ग्रामिण युवती बिचको प्रेमकथालाई उठाईएको छ । नरेश कुमार केसीको निर्देशन फिल्ममा दिपाङकर सिक्देर र बाबु श्रेष्ठको छायांकन रहेको छ ।
गीत हेर्नुसः

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video