‘डी सिने अवार्ड’ मा अनमोल र नीताले उत्कृष्टको बाजी मारे, ‘कृ’ को पोल्टामा उत्कृष्ट फिल्मको अवार्ड (भिडियो/फोटोफिचर)

काठमाडौं–
युवा स्टारर अनमोल केसी र नायिका नीता ढुंगानाले ‘दशौ डी सिने अवार्ड’मा उत्कृष्ट नायक–नायिकाको अवार्ड जित्न सफल भएका छन् । त्यस्तै उत्कृष्ट फिल्म बन्न सफल ‘कृ’ को अवार्ड नायक भुवन केसीले ग्रहण गरेका थिए । छायाछवि क्रियशनको आयोजनामा बिहिबार काठमाण्डौको राष्ट्रिय सभागृहमा उक्त अवार्ड वितरण कार्यक्रम सम्पन्न भएको हो ।

अवार्ड वितरण समारोहमा अभिेता अनमोलले चलचित्र ‘कृ’बाट उत्कृष्ट नायकको जितेका हुन् भने नायिका नीता ढुंगानाले चलचित्र ‘पञ्चायत’बाट अवार्ड जितेकी हुन् । यो बर्ष अनमोलले दोश्रो पटक अवार्ड जित्न सफल भएका हुन् । यसअघि उनले ‘एनएफडीसी राष्ट्रिय चलचित्र पुरस्कार’मा उत्कृष्ट नायकको अवार्ड हात पार्न सफल भएका थिए ।

त्यस्तै, यो बर्ष ‘लाइफटाइम लिजेन्डरी अवार्ड’ अवार्डबाट कलाकार बसुन्धरा भुषाललाई सम्मानित गरियो । यस्तै, चलचित्र पत्रकारिता पुरस्कार श्याम अर्याललाई प्रदान गरियो । साथै, कार्यक्रममा नायिका मौसम मल्ललाई कार्यक्रममा सम्मान गरिएको थियो ।

यो बर्षको चर्चित चलचित्र ‘शत्रु गते’लाई पपुलर च्वाइस अवार्ड प्रदान गर्दा क्रिटिक्स अवार्ड भने चलचित्र ‘ब्लाइन्ड रक्स’ले हात पार्न सफल भयो । यता पपुलर फिल्मको अवार्डमा ‘छक्का पञ्जा २’ ले बाजी मार्न पुग्यो ।

यस्तै, क्रिटिक्स अवार्डमा नायक पुष्पल खड्काले चलचित्र ‘मंगलम’बाट अवार्ड प्राप्त गरे । यस्तै, जुरी अवार्डतर्फ चलचित्र ‘मंगलम’बाटै निर्देशक नवल नेपालले अवार्ड जिते । चलचित्र ‘संरक्षण’का निर्देशक पुणेन्द्रु झालाई प्रोत्साहन पुरस्कार प्रदान गरियो ।

विभिन्न २९ विधामा अवार्ड वितरण गरिएको अवार्ड समारोहमा नायक भूवन केसी, अनमोल केसी, नायिका नीता ढुंगाना, नायक पुष्पल खड्का, नायिका शिल्पा पोखरेल लगायत कलाकारको उपस्थिति रहेको थियो । यद्यपि, फिल्म सम्बन्धि अवार्ड वितरण कार्यक्रममा पनि नेपाली सिने कलाकारको उपस्थिति निकै न्यून देखिन्थ्यो ।
यस्तो छ अवार्ड विजेताहरुको सूचीः

उत्कृष्ट एनिमेशन: ग्लेज इन्टरटेन्मेन्ट, कृ
उत्कृष्ट पार्श्वसंगीत: एलिश कार्की, लिलीबिली
उत्कृष्ट ध्वनिमिश्रण: सुनयमान श्रेष्ठ, संरक्षण
उत्कृष्ट गीतकार: धिरेन्द्र प्रेमर्षी, संरक्षण
उत्कृष्ट गायिका: विन्दु परियार, मंगलम (पर्ख पर्ख)
उत्कृष्ट गायक: सुगम पोखरेल, ऐश्वर्व (तिमी रोएको पल)
उत्कृष्ट संगीतकार: राजनराज शिवाकोटी, दुई रुपैयाँ (कुटुमा कुटु)
उत्कृष्ट नृत्य निर्देशक: कविराज गहतराज, दुई रुपैयाँ (कुटुमा कुटु)
उत्कृष्ट द्वन्द्व निर्देशक: हिमाल केसी, रुद्र
उत्कृष्ट बाल कलाकार: कुशाग्र भट्टराई, पिंजडा ब्याक अगेन
उत्कृष्ट हाँस्यकलाकार: केदार घिमिरे, छक्का पञ्जा २
उत्कृष्ट खलपात्र: प्रशान्त ताम्राकार, ऐश्वर्य
उत्कृष्ट कथा: नवराज बुढाथोकी, भुइँमान्छे
उत्कृष्ट पटकथा: प्रदीप भारद्वाज, लिलीबिली
उत्कृष्ट संवाद: दिपेन्द्र लामा, घामपानी
उत्कृष्ट नव नायीका: जसीता गुरुङ, लिलीबिली
उत्कृष्ट नव नायक: सलिनमान बानियाँ, ए मेरो हजुर २
उत्कृष्ट नव निर्देशक: झरना थापा, ए मेरो हजुर २
उत्कृष्ट चरीत्र अभिनेत्री: मिथिला शर्मा, मंगलम
उत्कृष्ट चरीत्र अभिनेता: पुष्कर गुरुङ, घामपानी
उत्कृष्ट सह अभिनेत्री: बर्षा राउत, छक्का पञ्जा २
उत्कृष्ट सह अभिनेता: सलोन बस्नेत, ए मेरो हजुर २
उत्कृष्ट छायाँकार: पुरुषोत्तम प्रधान, कृ
उत्कृष्ट सम्पादक: मित्र डी गुरुङ, मंगलम
उत्कृष्ट अभिनेत्री: नीता ढुंगाना, पञ्चायत
उत्कृष्ट अभिनेता: अनमोल केसी, कृ
उत्कृष्ट निर्देशक: मिलन चाम्स, लिलीबिली
उत्कृष्ट चलचित्र: कृ
उत्कृष्ट पपुलर चलचित्र: छक्का पञ्जा २
क्रिटिक्स अवार्डःः

फिल्मः व्लाइण्ड रक्स,चाम्स इन्टरटेन्मेन्ट
अभिनेताः पुष्प खड्का मंगलम
निर्देशक: नवल नेपाल, मंगलम
पपुलर च्वाइस अवार्ड: शत्रुगते
छायाँछवि लाईफटाइम लिजेण्ड्री अवार्ड: बसुन्धरा भुषाल
छायाँछवि चलचित्रकर्मी रजत सम्मान: नरेन्द्र महर्जन
छायाँछवि चलचित्रकर्मी रजत सम्मान: मौसमी मल्ल
छायाँछवि चलचित्र पत्रकारिता पुरस्कार: श्याम अर्याल
(प्रोत्साहन) इन्करेजमेन्ट अवार्ड: पुर्णेन्दु झा, संरक्षण

भिडियो हेर्नुसः

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video