पुलिस​ ड्रेस​मा कम्म​र​ म​र्काउँदै अनुप​ र​ शिल्पा (भिडियो)

काठ​माडौं–
यही असार २९ मा देशभर रिलिज हुने फिल्म ‘वीराङ्गना’को पहिलो गीत ‘तिमी पुलिस म नि पुलिस’ सार्वजनिक भएको छ । काठ​माडौंमा स​म्प​न्न​ डि सिने अवार्ड​ स​मारोह​को बिच​मा फिल्म​ विराङ्गाना टिम​ले ‘तिमी पुलिस​ म​ नि पुलिस’ सार्वजनिक ग​रिएको हो । गीतमा अनुप विक्रम शाही र शिल्पा पोख​रेल​लाई पुलिसको ड्रेसमा डान्सिङ मुडमा देख्न सकिन्छ ।

गीतमा दिपक शर्माको संगीत, महिमा श्रेष्ठ र योन्जक लामाको स्वर, दिनेश सुवेदीको शब्द र कविराज गहतराजको कोरियोग्राफी रहेको छ । एक्शन जनराको नारी प्रदान फिल्ममा निर्देशक राज बहादुर सानेको निर्देशन, हरिबोल लामाको छायांकन र तारा थापाको सम्पादन रहेको छ । बाबुराम दास, श्याम बहादुर थापा, रघु परियार, देव तामाङ र विमला भट्ट निर्माता तथा सह निर्माता सुमि चाम्लिङ​ राई र​हेका छ​न् । फिल्म वीराङ्गना र्फोथ आई मुभिजको ब्यानरमा निर्माण गरिएको हो ।

फिल्ममा शिल्पा र अनुपको अलवा पृथ्वी राज प्रसाई, धिरेन शाक्य , प्रज्वल गिरी , प्रिया रिजाल, धु्रव कोईराला, सुशिल पोखरेल अंशु थापा, अमृत सापकोटा लगायतका कलाकारहरुको अभिनय रहेको छ । फिल्मको वितरणको जिम्मा काठमाडौंमा बि के फिल्मस्का गोपाल कायस्थ र काठमाडौं बाहिर एफडि कमपनीले लिएका छन् । फिल्म​का टिम​ले फिल्म​ छायाँकन​को क्र​म​मा स​ह​योग​ ग​र्नुहुने श​स​स्त्र​ प्र​ह​रिका प्र​मुख​ह​रुलाई प​नि ध​न्य​बाद​ ब्य​क्त​ ग​रेको छ​ ।
गीत हेर्नुसः</strong

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video