ऋचाको ‘सुनकेसरी’ आजदेखि सोलो प्रदर्शनमा

काठमाडौं–
फ्राईडे रिलिज अन्तर्गत आजदेखि फिल्म ‘सुनकेसरी’ सोलो प्रदर्शनमा आएको छ । अभिनेत्री ऋचा शर्माको अभिनय तथा निर्माण रहेको यो फिल्मलाई नेपालमा बनेको हरर फिल्महरुमध्ये अलि फरक शैलिको फिल्मको रुपमा बर्णन गरिएको छ । ७० बढी पर्दा पाएको यो फिल्मले मल्टिप्लेक्समा उच्च शोज प्राप्त गर्न सफल भएको छ । सोलो रिलिज भएकाले फिल्मले राम्रो व्यापार गर्न सक्ने आँकलन गरिएको छ । फिल्मको बिहिबार साँझ प्रिमियर गरिएको हो । प्रिमियरमा फिल्मले राम्रै तारिफ बटुल्न सफल भएको थियो । अभिनेत्री करिष्मा मानन्धरदेखि अभिनेता बिपिन कार्कीसम्मले फिल्मको मुक्तकण्ठले प्रशंसा गरेका थिए । फिल्मको प्रिमियरमा अभिनेत्री ऋचाले ‘सुनकेसरी’ को प्रिमियरमा सिक्वेल निर्माणको घोषणा समेत गरिन् । उनले चाँडै ‘सुनकेसरी– २’ लिएर आउने उनले वाचा समेत गरिन् ।

मनोज अधिकारी कार्यकारी निर्माता रहेको फिल्ममा शर्मिला सापकोटा र धर्मराज अधिकारी सह–निर्माताको रुपमा छन् । अष्ट्रेलियन दरबार बुटिक होटलका पहिलो पाहुना र भुतप्रेतबीचको गतिविधीलाई फिल्मको मुख्य कथा बनाईएको छ । अर्पण थापाले निर्देशन गरेको यो फिल्ममा ऋचाका साथै भीम न्यौपाने, रबिन्द्र झा, सुनिल पराजुली, तमन्ना शर्मालगायतका कलाकारहरुको मुख्य अभिनय छ । अष्ट्रेलियामा बस्दै आएका भीम न्यौपानेसँगको सहकार्यमा ऋचाले यो फिल्म निर्माण गरेकी हुन् ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video