‘ए मेरो हजुर ३’ मा अनमोलको ‘इन्ट्री’, झरना पुत्री सुहानीसँग स्कृनसेयर गर्ने

काठमाडौं–
युवा स्टारर अनमोल केसी झरना थापाको निर्देशनमा बन्ने ‘ए मेरो हजुर ३’ मा खेल्ने निश्चित भएको छ । निर्देशक तथा अभिनेत्री झरनाकी छोरी सुहानी थापा फिल्ममा डेब्यु गर्ने भएसँगै अनमोल तथा सुहानीले स्कृनसेयर गर्ने पक्का भएको हो । यो फिल्मा अनमोल र सुहानीले रोमान्स गर्ने भएका हुन् । निर्माण टिम निकट स्रोतले जनाए अनुसार अनमोल र सुहानी शनिबार मात्रै फिल्ममा अनुबन्ध भएका हुन् । भदौदेखि फ्लोरमा जाने फिल्ममा अन्य कलाकार को को रहने भन्ने सार्वजनिक गरिएको छैन ।

यसअघि ‘ए मेरो हजुर ३’ मा प्रदीप खड्का रहने चर्चा चले पनि अब सम्भावना के कति छ भन्ने खुलाईएको छैन । यसअघि ‘ए मेरो हजुर–२’ मा निर्देशनमा सफल्ता हात पारेकी झरनाले तेस्रो सिक्वेलमा के गर्छिन त्यो भने प्रतिक्षाको बिषय बनेको छ ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video