निशानको ‘भुन्टी’ सार्वजनिक, एलिसासँग कम्मर मर्काउदा यस्तो देखिए निशान (भिडियो)

काठमाडौं–
नेपाल आइडलका फष्ट रनर निशान भट्टराईको गीत ‘भुन्टी’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । गायक भट्टराईको यो पहिलो औपचारिक भिडियो पनि हो । राजेन्द्र भट्ट (मिष्टर आरजे) को शब्द संगीतमा निशानले आवाज दिएका छन् ।
मोहित मुनालको एरेन्जमा बनेको गीत अत्यन्त सुमधुर र रमाईलो बनेको छ । ‘भुन्टी’मा निशानले आफ्नो गायकी मात्रै होईन नृत्य पनि प्रस्तुत गरेका छन् । टेकेन्द्र शाहको निर्देशनमा बनेको म्युजिक भिडियोमा निशानसँगै एलिसा राई  फिचर्ड छन् । मनोज बस्नेतको निर्माण रहेको भिडियोलाई राम कुमार केसीले खिचेका हुन् । शिशिर खत्रीको कोरियोग्राफी रहेको उक्त भिडियोको सम्पादन भने स्वयम् निर्देशक शाहले गरेका हुन् ।
गीत हेर्नुसः

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video