गायक शिव परियार सडक दुर्घटनामा, गम्भिर घाइते परियारको ग्राण्डीमा उपचार हुँदै

काठमाडौं–
गायक शिव परियार मोटर साइकल दुर्घटनामा परेका छन् । आइतवार सामाखुशि बसुन्धरा रुटमा रहेको हुन्डाई सर्भिस सेन्टरमा नयाँ कार किन्नको लागि हेर्न जाने क्रममा उनी दुर्घटनामा परेका हुन् । गायक परियारले फेसबुकमा लेखे अनुसार मोटरसाइकलमा सवार उनलाई गलत दिशाबाट आएको अर्को मोटरसाइकलले ठक्कर दिदा दाहिने खुट्टामा चोट लागेको बताएका छन् । अलिे ग्राण्डि अस्पतालमा उपचाररत गायक परियारले आफू खतरामुक्त रहेको समेत उल्लेख गरेका छन् । उनले लेखेका छन्, ‘अहिले खतरा मुक्त छु!!!
सामाखुशि बसुन्धरा रुटमा रहेको हुन्डाई सर्भिस सेन्टरमा आफ्नो Hundai Ba 16 pa 3055  नम्बरको Hundai I20 कार हेर्न जाने क्रममा आफुसंग रहेको बा  80 प 9998 नम्बरको 250cc CBR बाईक दाँया मोड्ने क्रममा त्यधिक अनियन्त्रित गतिमा गलत रुट प्रयोग गरि पछाडीबाट आएको बा  78 प 8511  नम्बर को एफ जेड बाइकले एकोहोरो ठक्कर दिंदा दाहिने खुट्टामा अत्यधिक चोट लागेका कारण अहिले ग्रांडी अस्पतालमा उपचारमा छु,म संगै अर्का गायक भाइ प्बचलबचबव नष्चष् सामान्य उपचार पछि घर फर्किने तयारीमा छन ,अर्थोका डक्टर बिनोद बिजुक्क्ष्य ज्युले राम्रो उपचार गरि रहनु भएको छ ,अहिले खतरा मुक्त छु!मेरो स्वास्थ्यको लागि प्रार्थना गर्नु हुने सम्पूर्ण महानुभावहरुमा यो गायक हार्दिक धन्यवाद ब्यक्त गर्दछु !’ 

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video