‘बेबी आइ लभ यू’ को रोमान्टिक गीत सार्वजनिक (भिडियो)

यही जेठ १८ गतेदेखि प्रदर्शनमा आउने फिल्म बेबी आइ लभ यू को रोमान्टिक गीत सार्वजनिक गरिएको छ । कहानी तेरो र मेरो बोलको गीतमा नायक सन्तोष खड्गी र सुज्यम नेपालीको स्वर छ । शब्द तथा संगीत पनि सन्तोषकै हो ।

भिडियो हेर्नुस् :

सरोज अधिकारीको कोरियोग्राफी रहेको भिडियोमा सन्तोष र नायिका पूजा तिवारी फिचरिंग छन् । सुरज आचार्यको सिनेम्याटोग्राफी छ । सन्तोषको कथा रहेको बेबी आइ लभ यू लाई जनक पाण्डेले निर्देशन गरेका हुन् । फिल्ममा पटकथा तथा संवाद पनि उनकै छ ।
शिव न्यौपानेले निर्माण गरेको फिल्ममा सन्तोष र पूजासँगै सरोज खनाल अनि निर्मल शर्माको अभिनय छ । लभ स्टोरी फ्लेवरको बेबी आइ लभ यू टिम यतिबेला फिल्मको प्रचार प्रसारमा व्यस्त छ ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video