‘फेसन ट्रेड सिजन–२’ मा सेलिब्रेटीदेखि पत्रकारसम्मको ‘क्याटवाक’ (फोटोफिचर)

काठमाडौं–
गएको शुक्रवार ‘फेसन ट्रेड सिजन–२’ सम्पन्न भएको छ । फेसियल हाउसको आयोजनामा ‘फेसन सवैका लागि’ अवधारणामा उक्त कायक्रम सम्पन्न भएको हो । फेसन सोमा जम्मा ७ वटा सिक्वेन्स प्रस्तुत गरिएको थियो। परम्परागत, सिर्जनशीलदेखि दैनिक जीवनमा प्रयोग हुने पहिरन प्रस्तुत गरिएको ‘फेसन ट्रेड सिजन टु’ मा सेलिब्रिटीदेखि पत्रकारसम्मले ‘क्याटवाक’ गरेका थिए ।

उक्त कार्यक्रममा आयोजक संस्था फेसियल हाउसकी म्यानेजिङ डाइरेक्टर सुष्मा महराले ‘फेसियल हाउस फेसन ट्रेड सिजन टु’ले आजको फेसनको दुनियामा फेसनको नयाँ ट्रेन्ड सावित गर्न सफल भएको बताईन् । यो पटकआफूहरुले समय सान्दर्भिक फेसनलेबल डिजाइन, मेकअप तथा भविष्यमा हुने र चल्ने डिजाइन तथा मेकअपलाई फेसन टेड्रमार्फत प्रस्तुत गर्न सफल भएको उनको भनाई थियो ।

फेसनसँग जनजीवनलाई जोड्ने प्रयास अन्तर्गत आफूहरूले फेसन सोको परम्परागत अवधारणालाई परिवर्तन गर्न खोजेको फेसियल हाउस इन्टरटेनमेन्टका अध्यक्ष उज्वलजंग शाहले बताए । उनले भने ‘फेसन हिरोरहिरोइन र मोडलले गर्ने कुरा हो भन्ने मान्यता छ। तर सवै पेशा, व्यवसाय र क्षेत्रमा रहेकाहरू आकर्षक र स्मार्ट बन्न जरुरी हुन्छ। यो फेसन सोबाट त्यही सन्देश प्रवाह गर्न खोजेका हौं।’

कार्यक्रममा राजनीतिज्ञ तथा सदाबहार सुन्दरी नायिका करिश्मा मानन्धर, पूर्व मिस नेपाल उषा खड्गी, अभिनेत्री क्षितिजा शाक्य, दिक्पाल कार्की, एसराज गराच, पूर्व मिस्टर नेपाल गणेश अग्रवाललगायत याम्पमा उत्रिएका थिए।त्यस्तै, पत्रकारहरू केपी ढुंगाना, सुव्रत आचार्य, लक्ष्मण सुवेदी, अनिल यादव, डिबी खड्का, शारदा थापा, दीपज्योति थापा, दिपेन्द्र घिमिरे लगायतका २० जना पत्रकारले समेत र्याम्पमा क्याटवाक गरेका थिए ।

कार्यक्रममा गायक युवराज चौलागाइँ, गायिका आस्था राउतलगायत गायक–गायिकाले आफ्ना प्रस्तुति दिएका थिए । उक्त सोको कोरियोग्राफी लक्की खड्की, दिक्पाल कार्की र स्मित तामाङले गरेका थिए भने ड्रेस डिजाइनको काम प्रेम देव र एनी र मेकअप चन्द्र लामा र नीलम र हेयर डिजाइनमा बिगेन तामाङ रहका थिए। गत साल पोखरामा फेसियल हाउसले ‘फेसन ट्रेड सिजन वान’ आयोजना गरेको थियो ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video