‘अमेरिका बोइज’ का तीन कलाकारको खर्बुजा खान देखियो यस्तो लडाईं (भिडियो)

काठमाडौं–
जेठ १८ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘अमेरिका बोइज’को यतिबेला निकै चर्चा–परिचर्चा भैरहेको छ । फिल्मको निर्माण टिमदेखि कलाकारसम्म यतिबेला फिल्मको प्रमोशनमा जुटेका छन् । कमेडी जनरामा निर्माण भएको फिल्ममा प्रयांकस्टार आशिष प्रसाई, कामेश्वर चौरासिया तथा अभय बरालले एउटा अन्तरवार्तामा निकै हँसाएका छन् । तीनै जना कलाकारले ‘अमेरिका बोइज’ मा अभिनयको बारेमा आफ्नो पात्रको बारेमा समेत प्रष्ट पारेका छन् ।

यसअघि सार्वजनिक ट्रेलरमा तीन पात्रहरुको कथालाई जोडदार रुपमा देखाईएको छ । तीनजनाले क्रमशैसँग एकअर्काको पात्रकोबारेमा समेत निकै प्रशंसा गरेका छन् ।फिल्मको ट्रेलर हेर्दा अमेरिकाको डीभी परेको भनी परिवारलाई ढाँटेर नेपालमै मस्ती गर्ने ३ यूवाको कथा बोल्छ । प्रवेश पौडेलको निर्देशन रहेको फिल्ममा अर्पण थापा, सुनिल थापा, कामेश्वर चौरासिया, सन्दिप क्षेत्री, हरिहर शर्मा, अभय बराल, आशिष प्रसाई, श्रृष्टी कार्की, शारदा गिरी, रश्मी भट्ट, रमा थपलिया लगायतका कलाकारको अभिनय छ । प्रवेश पौडेलको निर्देशनमा बनेको चलचित्रलाई प्रकाश भुजेल र इन्द्र प्रसाद खरेलले निर्माण गरेका हुन् ।
भिडियो हेर्नुसः

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video