जाजरकोट दरबारमा कम्मर मर्काउदै रेखा (फोटोफिचर)

काठमाडौं–
नायिका, निर्मात्री तथा निर्देशक रेखा थापा फिल्म मालिका छायाँकनका लागि जाजरकोट पुगेकी छन् । केही दिनदेखि जाजरकोट दरबार प्राङ्गणमा गीतको छायाँकन भैरहेको रेखाले जानकारी दिइन् । अबको दुई दिनमा गीतको छायाँकन सकिन्छ, रेखाले भनिन्, काम एकदम राम्रोसँग भैरहेको छ । एकदिन पनि सुटिङ रोक्नु परेको छैन् ।

काठमाण्डौबाट छायाँकन सुरु गरेर रेखा कोहलपुर हुँदै जाजरकोटसम्म पुगेकी हुन् । अबको दश दिनमा फिल्मको सम्पूर्ण छायाँकन सकिने रेखाको भनाई छ ।

चालिस दिनको तालिका बनाएका थियौं । दश दिन अगाडी नै सकिने भयो । काम सोचे भन्दा पनि राम्रो भैरहेको छ, रेखाको भनाई छ । जाजरकोट दरबारमा छायाँकन गरिएको गीतको बारेमा रेखा थप्छिन्, जिल्लाको स्थानीय भेष–भुषा र संस्कृति झल्किने मेलाको दृश्य बनाएर र्दुइ सय ६८ वर्ष अघि निर्माण गरिएको जाजरकोट दरबारको प्राङ्गणमा ‘मालिका’ को गीत छायांकण गरिएको हो । रामजी लामिछानेको कोरियोग्राफी रहेको गीतमा एक सय बढी त कोरस मात्रै रहेको रेखा बताउँछिन् ।

सुरेश अधिकारीको संगीत रहेको लोक लयको गीतले दर्शकको मन जित्नेमा रेखा ढुक्क छिन् । दर्शकको रोजाइकै गीत छ, रेखाको विश्वास छ, भिडियोमा पनि हामीले मिहेनत गरेका छौं ।

जीवन रुपान्तरणका विश्व प्रशिक्षक नरवहादुर कार्कीको परिकल्पनामा तयार भएको ‘मालिका’ फिल्मको विषय वस्तु महिला हिंसा र बालबिवाह मुक्त नेपाल निर्माणको अभियानमा केन्द्रित छ । मालिकामा रेखा र जाजरकोटकी चौध वर्षिय कमला ओली मुख्य भूमिकामा प्रस्तुत भैरहेका छन् । रेखाले मालिकालाई तिहारको अवसर पार्दै लक्ष्मीपूजामा रिलिज गर्ने घोषणा गरेकी छन् ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video