१० बर्षिय आयुषको जादुमयी तथा मर्मस्पर्शी स्वर, जुन गीत सुन्नेजतिले सकेनन् आँशु रोक्न (भिडियो)

काठमाडौं–
दश बर्षिय बालक आयुष केसीले आफ्नो जादुमय स्वरले सबैलाई हँसाउनेदेखि रुवाउनेसम्म गरेका छन् । सुरसाला जुनियर आइडियलबाट उत्कृष्ट ठहरिएका उनी यतिबेला स्टार बन्न सफल भएका छन् । उनी देशविदेशका कार्यक्रममा व्यस्त रहदै आएका छन् । ललितपुरको झम्सीखेलमा रहेको सुरसाला म्यूजीक पाठशालामा उनले गाएको गीतले नरुने सायदै थिए । जादुमय स्वरका धनी आयुषले मिठो स्वर मात्रै प्रस्तुत गरेनन् उनले निकै मर्मस्पर्शी गीत समेत सुनाएका थिए ।

आयुषले बाबुआमाको महत्वका बारे कर्णप्रिय आवाजमा गीत गाउदा छेउमै बसेका उनका बाबा–आमादेखि प्रश्न सोध्ने पत्रकार तथा गुरु अमृत रेग्मीसम्मले आँशु झरेको पत्तै पाएका थिएनन् । उनले आफूलाई मन परेको गाउन मन लागेको गीत एक पटक राम्रोसँग सुन्ने तथा कपीमा लेख्ने र त्यस्पछि ढ्याप्पै दिामागमा आएपछि गाउन सक्ने बताए । सँगै छेउमा बसेका उनका बुवाले छोराले गीत गाएको सुनेपछि हर्षआँशु झार्दै बोल् खोज्दा बोल्न समेत सकेनन् र उनी अनुत्तरित भएका थिए ।
हेर्नुस भिडियोः

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video