तोकियो ’रणवीर’ को प्रदर्शन मिति

काठमाडौं–
घोषणादेखि नै चर्चामा रहेको फिल्म ’रणवीर’ आउदो मङ्सिर १४ मा रिलिज हुने भएको छ । उपत्यकाको लागि स्टेसन फाइभ र मोफसलको लागि डिसीएनले फिल्म वितरण गर्नेछन । यी दुई वितरण संस्थासँग कै छलफलपछी डेट तय गरिएको निर्माण पक्षले जानकारी दिएका छन् । एक्सन , सस्पेन्स र थ्रिल मिश्रित फिल्मको छायाँकनको लागि दुई गीत मात्र बाकि रहेको छ भने यतिबेला पोष्टप्रोडक्सनको काम भइरहेको छ । फिल्मलाई विना सम्झौता छायाँकन गरिएको युनिटको भनाई छ ।

फिल्ममा शिर्ष भूमिकामा सुशील सिटौला रहेका छन् । उनले फिल्मकै लागि आफ्नो शरीरमा बदलाव समेत ल्याएका छन् , जसलाई सार्वजनिक हुने भिडियो सामाग्रीले प्रस्ट्याउने विश्वास निर्माण टीमको रहेको छ । सुशीलसँगै फिल्ममा प्रशान्त ताम्राकार , हरिहर शर्मा , नरेश पौड्याल , टिका पहाडी , रवी गिरी , जीवन भट्टराई , बसन्ती भट्ट लगायतको अभिनय रहेको छ ।

यसैफिल्म मार्फत मोडलिङमा आफ्नो छुटै पहिचान बनाउन सफल शुभेच्छा खड्का र सुपुश्पा भट्ट फिल्मनगरीमा डेब्यु गर्दैछन् । शिक्षित युवाले समाजमा गर्ने संघर्षको कथालाई लिएर निर्माण भएको फिल्मलाई गोविन्दसिंह भण्डारीले निर्देशन गरिरहेका छन् । फिल्म ‘गाँजा बाजा’ प्रोड्युसर दिपेन्द्र रेग्मी र गोमा विष्टले संयुक्त रुपमा ‘रणवीर’ निर्माण गरिरहेका छन् । महेश पौडेलको छायाँकन रहने फिल्ममा चन्द्र पन्तको द्वन्द, हर्कुलस बस्नेत, सुशान्त गौतम र अमित श्रेष्ठको संगीत रहनेछ । गम्भिर विष्ट र सुरेन बसेल फिल्मको कोरियोग्राफर रहेका छन् ।

सुशील सिटौलाः ‘फिल्ममा म शिर्ष भूमिकामा छु । यसको लागि मैले आफुलाई केहि परिवर्तन पनि गर्ने प्रयास गरेको छु । यो फिल्मलाई मैले आफ्नो करियरको टर्निङ प्वाइन्टको रुपमा लिएको छ । अघिल्ला फिल्मको तुलनामा यसमा मलाइ बिल्कुलै फरक पाउनु हुनेछ । शिक्षित तर बेरोजगार युवाको संघर्षको कथा हो रणवीर ।
गोविन्द सिंह भण्डारी ( हामीले फिल्मको रिलिज डेट घोषणा गरेका छौ । फिल्म मङ्सिर १४ मा रिलिज हुनेभएको छ । हामीले निकै मेहनत फिल्म तयार गर्दैछौ । अझै फिल्मको दुई गीत खिच्न बाकि नै रहेको छ । फिल्ममा एक्सन , सस्पेन्स र थ्रिल सबै छ । एउटा मनोरंजनले भरिपूर्ण फिल्म बनाउने प्रयास गरेका छौ । हाम्रो फिल्म र कन्टेनलाई बिस्तारै सार्वजनिक हुने सामग्रीले प्रस्ट्याउनेनै छ ।’

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video