राष्ट्रिय संगीतकर्मी संघको अध्यक्षमा कार्की निर्वाचित

काठमाडौं–
राष्ट्रिय संगीतकर्मी संघको चौथो महाधिवेशनबाट राजेन्द्रकुमार कार्कीको नेत्तृत्वमा नयाँ कार्यसमिति गठन गरिएको छ । ब. उपाध्यक्ष, प्रथम उपाध्यक्ष, महासचिव, उप.महासचिव, कोषाध्यक्ष, सहकोषाध्यक्ष पदमा पनि सर्वसम्मत चयन भएका छन् भने अन्य पदमा निर्वाचन गरिएको थियो ।गएको सोमबार संघको केन्द्रीय कार्यालय कोटेश्वरमा सपथग्रहण तथा पदभार ग्रहण गरियो । पदभारग्रहण गर्दै संघका नवनिर्वाचित उपाध्यक्ष गायक प्रकाश कटुवालले अब सबै कलाकारको हितका लागि राष्ट्रिय भेला गर्ने र कलाकारको समस्याहरु सम्बन्धित निकायसम्म पुर्याउने बताएका छन् ।

शनिबार महाधिवेशन उद्घाटन गर्दै प्रमुख अतिथि कानून, न्याय तथा संसदीय मामिलामन्त्री शेरबहादुर तामाङले कलाकारहरुका अधिकारहरुलाई संस्थागत गर्नको लागि आवश्यक कानून निर्माण गर्ने आश्वासन दिएका थिए ।समाज र संस्कृतिलाई जर्गेना गर्ने खालका गीत रचना गर्न र संगीत भर्न आग्रह गर्दै मन्त्री तामाङले आवश्यक कानून निर्माण गरेर रोयल्टीमा देखिएको समस्या समाधान गरिने बताए । वरिष्ठ गायक कुमार बस्नेतले संघको महाधिवेशन सफलताको कामना गर्दै नेपाली गीत संगीतलाई मौलिकताको रुप बनाउँन आग्रह गरेका छन् । कार्यक्रममा वरिष्ठ गायक कुमार बस्नेत, भोला थापा, वरिष्ठ गायिका तारा थापा, कोमल वली, कृष्ण कँडेल लगायत कलाकारहरुलाई सम्मान गरिएको थियो ।

उद्घाटन सत्र राष्ट्रिय संगीतकर्मी संघका अध्यक्ष नबराज घोरासैनीको अध्यक्षतामा भएको हो ।उक्त समारोहमा रास्ट्रिय सभा सदस्य तथा चर्चित गायिका कोमल वलि, चर्चित गायक तथा समाजसेवि बिक्रमजङ शाह, बरिष्ठ लोक गायक कुमार बस्नेत, संस्थापक अध्यक्ष घमेश दुलाल, पुर्बअध्यक्ष रेशम थापा, बरिष्ठ उपाध्यक्ष नमराज ढुंगाना प्रथम ,उपाध्यक्ष राजेन्द्रकुमार कार्की, उपाध्यक्ष प्रकाश कटुवाल डिबि लोप्चन, अमृत खाती, उमा श्रेष्ठ, शर्मिला श्रेष्ठसमेत उपस्थित थिए । महाधिवेशन उद्घाटन कार्यक्रमकाबीच राष्ट्रिय संगीतकर्की संघको स्मारिका पनि विमोचन गरिएको थियो ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video