‘कस्मिक लभ’ असार १ देखि फ्लोरमा, प्रशान्त, अर्पण र दिया पहिलोपटक एउटै स्कृनमा

काठमाडौं–
असारको १ गतेबाट फ्लोरमा जाने तयारीमा रहेको फिल्म ‘कस्मिक लभ’मा प्रशान्त ताम्राकार, अर्पण थापा र अभिनेत्री दिया मास्के पहिलो पटक एकसाथ देखिने पक्का भएको छ । मुभी मेकर्सको ब्यानरमा निर्माण हुने फिल्मलाई जय गौतमले निर्माण गर्न लागेका हुन् । सुरज प्रधानको प्रस्तुति रहने यो फिल्ममा अन्य कलाकारहरु भने फाईनल हुन बाँकी रहेको निर्माण स्रोतको दाबी छ ।

शंकर अधिकारीको निर्देशनमा निर्माण हुने फिल्ममा छायांकन सुरेश बज्राचार्यको रहनेछ भने कोरियोग्राफी कविराज गहतराज तथा रामजी लामिछाने रहनेछन् । शेखर ज्ञावालीको कथा रहेको फिल्ममा बाबु साहेबको द्वन्द्व रहने निर्माण युनिटले जनाएको छ ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video